स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाँदै


४ जेष्ठ २०७७, आइतबार


काठमाडौं । सिन्धुपाल्चोककी महिलाको मृत्युपछि त्यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धानका लागि मन्त्रालयको टोली जान लागेको हो । मन्त्रालयको टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिमबार बुझ्ने छ । स्वास्थ्य मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको र्‍यापिड एक्सन फोर्सको टोली पनि जाँदै छ ।

शनिबार धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाटभएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस