उपत्यका छिर्ने सबै नाका सिल गर्न प्रशासनको सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यका छिर्ने सबै नाका सिल गर्न प्रशासनको सुझाव


२४ बैशाख २०७७, बुधबार


काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् ।

प्रशासन कार्यालयले थानकोट, फर्पिङ, जगाती/साँगा, तीनपिप्ले/मुड्खु भञ्ज्याङ, जर्सिङपौवा र कात्तिके नाका सिल गर्न सुझाएका हुन् ।

बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस