२ सय ५० परिवारलाई राहत बाँडे चावहिलका व्यवसायी अनिल शेर्पाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२ सय ५० परिवारलाई राहत बाँडे चावहिलका व्यवसायी अनिल शेर्पाले


१० बैशाख २०७७, बुधबार


काठमाडौं । काठमाडौंको चावहिल गणेशस्थानका व्यवसायी अनिल शेर्पाले लकडाउनको पीडा झेलीरहेका २ सय ५० परिवारलाई राहत वितरण गरेका छन् ।

चावहिलको ओम हस्पिटल छेउमा अतिथि गेष्ट हाउस सञ्चालन गर्दै आएका शेर्पाले दैनिक ज्यालादारीमा मजदुरी गरिरहेका २५० परिवारलाई आफ्नै खर्चमा राहत वितरण गरेका हुन् ।

पशुपति क्षेत्रमा रहेका बाँदर तथा सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएका उनले मंगलबार काठमाडौं महानगरपालिका-७ को समन्वयमा फारम भरेर पीडित परिवारहरुलाई ८ केजी चामल, १ केजी दाल, १ प्याकेट नुन र चिउरा वितरण गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस