कोरोना भाइरस : अमेरिकामा ३९ हजारको मृत्यु, विश्वभर २३ लाख बढी संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : अमेरिकामा ३९ हजारको मृत्यु, विश्वभर २३ लाख बढी संक्रमित


७ बैशाख २०७७, आइतबार


काठमाडौं । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार भन्दा बढी पुगेको छ । अमेरिकामा २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। संक्रमितको संख्या ७ लाख ३८ हजार ८ सय ३० पुगेको छ।

वल्डोमिटरले अमेरिकामा एकै दिन २८ हजार भन्दा बढी बिरामी फेला परेको जनाएको छ। अमेरिकाको न्युयोर्कमा सबै भन्दा बढी १७ हजार ६ सय ८१ जनाको ज्यान गएको छ। २ लाख ४१ हजार संक्रमित छन्।

अमेरिका पछि सबै भन्दा बढी इटलीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६ सय ३९ पुगेको छ।

फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २३ लाख ३० हजार ९ सय ३७ पुगेको छ । मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने ५ लाख ९६ हजार मानिस ठिक भएर घर पर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस