काठमाडौँका कोरोना शंकास्पद तीनमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काठमाडौँका कोरोना शंकास्पद तीनमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित समाचार : काठमाडौँमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना

सम्बन्धित समाचार : तीन जनामा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ सनसिटी अपार्टमेन्ट सिल्ड

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये हजुरआमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस