फ्रान्समा १४ हजार बढीको मृत्यु, मे ११ सम्म लकडाउन थपियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फ्रान्समा १४ हजार बढीको मृत्यु, मे ११ सम्म लकडाउन थपियो


२ बैशाख २०७७, मंगलबार


काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनको संख्या १४ हजार ९ सय पुगेको छ । संक्रमित १ लाख ३६ हजार भन्दा बढी पुगेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण मात्रै ५७४ जनाको ज्यान गएको छ ।

फ्रान्स रसकारले लक डाउनको समयावधी पुनः थप गरेको छ । लकडाउन अवधि बढाएर र मे ११ सम्म जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोले कोरोना भाइरसको संक्रमण रोक्न मे ११ सम्म लकडाउन बढाइएको बताएका छन् ।

‘फ्रान्स कोरोना भाइरसको संक्रमणसँग लड्न तयार थिएन’, राष्ट्रपति इमैनुएलले भनेका छन् । उनले फ्रान्ससँग अरुदेशमा जस्तो पीपीई, मास्क तथा अन्य सामग्री पर्याप्त नरहेको भन्दै अझै पनि दबाब रहेको बताएका छन् ।

देशका अन्य क्षेत्र जस्तै अस्पतालमा पनि कठिनाइ रहेको भन्दै उनले ११ मे पछि स्कुल खोल्न पाउने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस