सांसदलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसदलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन


२७ चैत्र २०७६, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले सङ्घीय सांसद प्रदीप यादवलाई क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

भारतीय क्वारेन्टिनमा रहेका मानिसलाई भेटेर फर्किएका समाजवादी पार्टी नेपालका सांसद यादवले क्वारेन्टिनमा बसेका व्यक्तिलाई अनधिकृत रूपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह स्रोत भन्छ ‘कानुन विपरीत सांसद यादवले क्वारेन्टिनमा बसेका व्यक्तिहरूलाई भेटेको पाइयो,’ उनले भने, ‘यसरी बस्ने व्यक्ति पनि क्वारेन्टिनमा बस्नुपर्छ, नियम जोहोकीलाई पनि लाग्छ, संसद् भनेर नलाग्ने भन्ने हुँदैन’

Tags :
प्रतिक्रिया दिनुहोस