सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी क्वारेन्टिनमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी क्वारेन्टिनमा


प्रशासन संवाददाता

२५ चैत्र २०७६, मंगलबार


काठमाडौं  । भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टिन’ मा राखिएको छ ।

महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका एक युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न सशस्त्र प्रहरीलाई क्वारेन्टिनमा राखिएको हो ।

ती युवकलाई तीन दिनअघि मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सो घटनामा संलग्न सबैलाई क्वारेन्टिनमा राखिएको हो ।

क्वारेन्टिनमा राखिएका सबै सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस