बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७६, सोमबार


सह सचिव

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

कोरोना भाईरस(कोभिड-१९) संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता(चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो। म‌ंगलबार सो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस