पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने भएका छन् ।

सुशासनका लागि सरकारलाई घच्घच्याउन र जनतालाई शशक्तिकरण गर्ने उदेश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ स्थापना गर्न लागेका हुन् ।

उनले उक्त अभियानको बिहिबार त्रिपुरेश्वरमा एक कार्यक्रमको आयोजना गरि औपचारिक घोषणा गरिने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

खरेलले यसअघि ‘हाम्रो नेपाली हाम्रो नेपाल’ नामको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । तर युवा अभियन्ता ज्ञानेन्द्र शाहीसँग कुरा नमिलेपछि अन्तिम समयमा आएर उनी सो अभियानबाट पछि हटेका थिए ।

खरेलको नयाँ अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादवलगायत छन् । नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका खरेलले डेढ वर्षअघि राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस