‘जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुन्छ’ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

‘जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुन्छ’


प्रशासन संवाददाता

२२ माघ २०७६, बुधबार


भरतपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुने बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठकमा बोल्दै उनले राजनीतिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्या जोडिएका कारण सबैको पहिचान गरी समस्या समाधान हुने बताएका हुन् ।

कुनै पनि काम गर्दै जादाँ नयाँ–नयाँ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री बस्नेतले वन तथा वातावरणको विकास र भौतिक संरचनाको विकासलाई सँगै जोडेर लैजानुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले वनलाई कृषि, पर्यटन र बहुआयामिक कुरासँग जोडेर काम अघि बढाउँदै स्थानीय जनप्रतिनिधि सबै मिलेर प्राणी उद्यानको पूर्वाधारको काममा सहयोग र समन्वय गर्ने बताए। जैविक विविधता संरक्षणको आधार वातावरणमैत्री पूर्वाधार भन्ने मूलनाराका साथ सो सेमिनार तथा बैठक तीन दिनसम्म चल्नेछ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस