डा. गोबिन्द केसीको १७ औं अनशन डडेल्धुरामा सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. गोबिन्द केसीको १७ औं अनशन डडेल्धुरामा सुरु


१८ कार्तिक २०७६, सोमबार


काठमाडौँ । प्रा.डा. गोविन्द केसीले डडेल्धुराबाट अनशनमा सुरु गरेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका केसीले १७ औँ अनसन डडेल्धुराबाट शुरु गरेका हुन् ।

शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६औं अनशनमा बसेका केसीको चिकित्सक संघको केन्द्रीय कार्यलय, काठमाडौँमा अनशन बस्ने तयारी भए पनि ठाउँ नपाएपछि डडेल्धुरा पुगेका हुन् ।

नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूलाई सरकारी खर्चमा उपचारका लागि विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै उनी अनशन बसेका हुन् ।

यसअघि राखेका माग र भएका सहमति पूरा गर्न सरकारलाई अल्टिमेटमसमेत दिएको भएपनि सरकारले त्यसको वेवास्ता गरेको भन्दै १७औं अनशन सुरु गर्न बाध्य भएको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस