विश्वको इतिहास « प्रशासन

विश्वको इतिहास


प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार ०७:५०

म्याग्नाकार्टा

  •  महाअधिकार पत्र -Magnacarta के हो ? – बेलायती नागरिकको स्वतन्त्रताको प्रथम बडापत्र (First Great charter)
  •  म्याग्नाकार्टा कहिले जारी भएकोः– सन् १२१५ जून १५ मा
  •  सन् १२१५ जून १५ मा हस्ताक्षर गर्ने बेलायती राजाः– राजा जोन
  •  सन् १२२५ मा जारी गरिएको Final Magnacarta मा हस्ताक्षर गर्ने बेलायती राजाः– हेनरी तृतीय
  •  सन् १२१५ जुन १५ मा जारी गरिएको म्याग्नाकार्टा संशोधन सहित जारीः–सन् १२२५ फेब्रुअरी ११ मा
  •  म्याग्नाकार्टालाई संशोधन गर्नेः–हेनरी तृतीय
  •  विश्व इतिहासमा मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको सम्बन्धमा पहिलो लिखित दस्ताबेज-म्याग्नाकार्टा
  •  म्याग्नाकार्टामा भएका दफा–६३
  •  बेलायती जनताको आधुनिक स्वतन्त्रताको मुख्य आधारः– म्याग्नाकार्टा
  •  म्याग्नाकार्टा हस्ताक्षर गरिएको ठाउँ–बेलायतको रनीमेडे, लण्डनबाट १९ माइल टाढा रहेको
  •  म्याग्नाकार्टा लेखिएको भाषाः–ल्याटिन भाषा (म्याग्नाकार्टा कुन भाषामा लेखिएको थियो)
  •  म्याग्नाकार्टाको शाब्दिक अर्थः–स्वतन्त्रताको महाअधिकार पत्र
  •  बेलायतमा कानुनको शासन, संसद्को प्रभुत्व र न्यायिक निष्पक्षताको जग बसाउने दस्तावेजः–म्याग्नाकार्टा
  •  राजा र धर्मगुरुबिच भएको सङ्घर्षको परिणामः–म्याग्नाकार्टा
  •  जनप्रतिनिधिको स्वीकृति बिना कर लगाउन नपाइने अवधारणाको विकास गर्ने दस्तावेजः–म्याग्नाकार्टा
  •  राजा जोनको निधनः–१२१६ अक्टोबर १८ मा
  •  हेनरी तृतीय राजा भएकोः–१२१६ मा
  •  म्याग्नाकार्टाको धारा १ मा उल्लेख भएकोः–चर्चको स्वायत्तता
  •  धारा २८,३० र ३१ माः–व्यक्तिगत सम्पत्तिको प्रत्याभूति
  •  धारा ३८,३९ र ४० माः–व्यक्तिगत स्वतन्त्रता र अधिकार
  •  धारा ३९ माः–प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइने
  •  धारा ४० माः–हामी(राजा) ले कसैलाई पनि अधिकार वा न्याय बेच्ने छैनौँ, न्याय प्रदान गर्ने काममा ढिला गर्ने छैनौँ र न्याय दिन इन्कार पनि गर्ने छैनौँ,
  •  धारा ५४ माः–राजाका मन्त्रीहरू र कर्मचारीहरूले कानुन जान्नु र मान्नु पर्दछ,
  •  हाल म्याग्नाकार्टाका सुरक्षित प्रतिः–४
    • २ प्रति लण्डनस्थित ब्रिटिस लाइब्रेरीमा सुरक्षित रहेका
    • १ प्रति Salisbury Cathedral मा
    • १ प्रति Lincoin Cathedral मा
  • बेलायतलाई समुन्द्रकी रानी पनि भनिन्छ ।
  •  म्याग्नाकार्टाको जारी पश्चात् प्रचलनमा आएको असाधारण क्षेत्राधिकार रिटः–बन्दीप्रत्यक्षीकरण
  •  बेलायतमा राजा रिचर्डकोे शासनकालमा राजाको शक्ति बढाउने क्रममा अत्यधिक कर लागु भएपछि पोपका साथै शोषित जनता पनि राजाका विरुद्ध एकत्रित भए ।
  •  म्याग्नाकार्टाका मुख्य प्रावधानहरू
  •  राजाले संसद्को अधिवेशन नियमित बोलाउनु पर्ने
  •  ऐन कानुन पारित गर्ने अधिकार सांसदलाई मात्र हुने
  •  संसद्को स्वीकृति विना कुनै प्रकारको कर उठाउन नपाउने
  •  राजकीय सेनाको लागि चाहिने आर्थिक व्यवस्था संसद्को स्वीकृतिबाट मात्र निर्धारण हुने,
  •  कानुन र कानुनको उचित प्रक्रिया बिना कुनै पनि व्यक्तिलाई थुनामा राख्न र देश निकाला गर्न नपाइने
  •  कानुनले तोकेको भन्दा बढी सजाय कसैलाई पनि नगरिने
  •  चर्चको स्वायत्तता प्रदान गर्ने
  •  कसैलाई पनि मृत्युदण्ड नदिइने
  •  न्याय दिनमा ढिलाइ तथा इन्कार नगरिने
  •  जथाभाबी सजाय विरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार

पुनर्जागरण

  •  पुनर्जागरणको अवध–१४ औँ देखि १६ औँ शताब्दिसम्म
  •  पुनर्जागरणको सुरुवात–युरोपको इटालीबाट
  •  इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख तीन  साहित्यकारहरुः–दाँते, पेट्राक र बोक्कासीयो
  •  पुनर्जागरण कालका प्रमुख कलाकारहरुः–लियो नर्दोदा भिन्ची, माइकल एन्जेलो, राफेल
  •  लियोनार्दो दा भिन्चीका प्रख्यात कृतीहरुः–मोनालिसा, द लास्ट सफर र द भर्जिन
  •  पुर्जागरण कालका प्रथम व्यक्तिः– दाँते
  •  माइकल एन्जेलोले २० वर्ष लगाई तयार पारेको बहुचर्चित चित्रः–द लास्ट जजमेन्ट
  •  ब्याक टु नेचर दर्शनका पर्वतकः– लाओत्से, चिन
  •  चित्र मस्तिष्कबाट बनाइन्छ, हातबाट होइनः–माइकल एच्जेलो
  •  डिभाइन कमेडीका लेखकः–दाँते, सन् १२६६ इटाली
  •  युटोपीयाका लेखकः– टामस मोर
  •  ओथेलो, मर्चेन्ट अफ भेनिस र हेलमेटका लेखकः–शेक्सपियर
  •  द प्रीन्सका लेखकः– निकोलस मेकियावेली, राजनीतिलाई धर्मबाट अलग गर्न प्रेरित कृति
  •  The social contract का लेखक–रुसो
  •  Nature is far better than civilization–रुसो
  •  Man is born free but everywhere he is in chainM –रुसो
  •  शक्ति पृथकीकरणको सिद्धान्तका प्रतिपादकः– मन्टेक्यु
  •  पुनर्जागरणका प्रमुख कारणहरुः–धर्मयुद्ध, मानवताको प्रचार र व्यापार विस्तार
  •  पुनर्जागरण पश्चात् प्रगति भएका क्षेत्रहरुः–साहित्य,कला,राजनीति, विज्ञान तथा भौगोलिक खोज
  •  पुनर्जागरणको फलस्वरूप भौगोलिक खोजीको क्रममा पत्ता लागेका देशहरू-अमेरिका, भारत, फिलिपिन्स र न्युजिल्याण्ड

गौरवमय क्रान्ति

  •  गौरवमय क्रान्ति भएकोः–सन् १६८८ मा, बेलायतमा
  •  बेलायती जनताले राजाका विरुद्ध गरेको क्रान्ति
  •  बेलायतका राजाहरूको बंशः–स्टुअर्ट वंश
  •  स्टुअर्ट वंश अघि बेलायतमा शासन गर्नेः–टुयुडर वंश
  •  स्टुअर्ट वंशका राजाले शासन गर्ने सिद्धान्तः–दैवी सिद्धान्त
  •  गौरवमय क्रान्तिको समयमा बेलायतका राजाः–जेम्स द्वितीय
  •  गौरवमय क्रान्तिको अर्को नामः–रक्तहीन क्रान्ति
  •  बेलायतमा राजतन्त्रात्मक वंश परिवर्तन गरी व्यवस्था कायम गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
  •  निरङ्कुशको सट्टा एक उदार र संवैधानिक राज नेतृत्वको स्थापन गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
  •  धर्म निरपेक्ष, रक्तहीन र उदार क्रान्तिः–गौरवमय क्रान्ति
  •  गौरवमय क्रान्तिको परिणामस्वरूप जारी भएको दस्तावेजः– Bill of rights
  •  क्रान्तिको समयमा राजा जेम्स द्वितीय भागेर गएको देशः–फ्रान्स
  •  Agrarian Revolution का नामले चिनिने क्रान्तिः–गौरवमय क्रान्ति
  •  गौरवमय क्रान्ति पश्चात् स्थापित शासनः–राजाकी छोरी मेरी र प्रोटेस्टेन्ट धर्मालम्बीहरुको संयुक्त शासन
  •  राजा जेम्स द्वितीयले प्रोटेस्टेन्टहरुलाई तर्साउन होन्सलोहिथ भन्ने ठाउँमा राखेका सेनाको संख्याः– तीस हजार
  •  राजाले क्याथोलिक धर्मको प्रचार प्रचारका लागि अक्सफोर्ड विश्वविद्यालयमा स्थापना गरेकोः–प्रार्थना कक्ष
  •  गौरवमय क्रान्ति पश्चात् राज्यारोहण गर्नेः– राजाका छोरी ज्वाई विलियम
  •  भविष्यमा संसारमा ५ जना राजाहरू मात्र बाँकी रहनेछन्, चार जना खेल्ने तासका पत्ताहरूमा र एक जना बेलायतमाः–इजिप्टका राजा फारुख

गौरवमय क्रान्तिका प्रमुख कारणहरू

  •  राजाले क्याथोलीक धर्मबाहेकका अरू धर्महरूको उपेक्षा गर्नु
  •  विशेष अदालतले क्याथोलिक सेनाको स्थापना, शैक्षिक क्षेत्र अथवा विश्वविद्यालयमा राजाको हस्तक्षेप
  •  जेम्सको छोरा, स्थायी सेना बढाउन
  •  आयरल्याण्डमा राजाको निरङ्कुश शासन
  •  संसद्को निर्वाचनमा हस्तक्षेप रहनु
  •  फ्रान्सको मित्रता आतङ्कको राज्य फैलाउनु

औधोगिक क्रान्ति

  •  उद्योगमा भएको नयाँपन तथा परिवर्तनः–औधोगिक त्रान्ति
  •  औद्योगिक क्रान्तिको सुरुवातः–बेलायतबाट
  •  औद्योगिक क्रान्तिको अवधीः–१८ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्य सम्म, सन् १७६० देखि सन् १८४० सम्म, ८० वर्ष चलेको
  •  १८ औँ शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिनः–इतिहासकार रायनबी
  •  औद्योगिक क्रान्ति पूर्व बेलायतमा घरेलु उद्योगको बोलवाला रहेको
  •  औद्योगिक क्रान्ति पश्चात् समाजमा उत्पत्ति भएको वर्गहरुः–पुँजीपति वर्ग र मजदुर वर्ग
  •  औद्योगगिक क्रान्तिको सुरुवात भएको क्षेत्रः–कपडा उत्पादनबाट
  •  जातको आधारमा श्रम गर्ने पुरानो परम्पराः–गिल्ड सिस्टम
  •  बेलायतको औद्योगिक क्रान्तिको अर्को नामः–यान्त्रिक क्रान्ति
  •  औद्योगिक क्रान्ति जस्तो लामो समयसम्म हुने परिवर्तनलाई क्रान्ति भन्नु हुँदैनः– Arnold Toynbee
  •  औद्योगिक क्रान्ति पूर्व बेलायतमा हातको माध्यमबाट उत्पादन गरिन्थ्यो,
  •  घरेलु उद्योगलाई प्रतिस्थापन गरी कलकारखानाको स्थापना भई यन्त्रको उत्पादन गरिने प्रणालीको सुरुवात यस क्रान्ति पश्चात् भयो
  •  कृषि क्षेत्रको विकासको लागि ब्रिटिस सरकारले कृषि विभागको स्थापनः–सन् १७९३ मा
    विभिन्न आविष्कारकहरू
  •  पावरलुमका आविष्कारक- एडमण्ड कार्टराइट
  •  बिजुली बत्तीका आविष्कारक – माइकल फराडे
  •  बिजुली शक्तिका आविष्कारक – बेन्जामिन फ्राङ्कलिङ
  •  टेलिफोनका आविष्कारक – अलेक्जेन्डर ग्राहमवेल
  •  बाफबाट चल्ने मेसिन (स्टिम इन्जिन)का आविष्कारक-जेम्स वाट
  •  काठको कपडा बुन्ने मेसिन Flying Shuttle का आविष्कारकःजोन के (सन् १७४३)
  •  (धागो कात्ने मेसिन) Spinning Jenny का आविष्कारकःजेम्स हारग्रिब्स
  •  सेफ्टी ल्याम्पका आविष्कारक- हेम्फ्री डेभी
  •  आधुनिक फ्याक्ट्रीका पिता- रिचर्ड आर्कराइ

औद्योगिक क्रान्तिको कारण

  •  बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु
  •  ब्रिटेनको भौगोलिक स्थिलिते साथ दिनु
  •  बेलायतमा पर्याप्त पुँजी उपलब्ध रहनु,
  •  ब्रिटेनको उपनिवेशिक नीति र बजारमा सुविधा
  •  बेलायतमा बैङ्किङ प्रणालीको सुरुवात हुनु,
  •  बेलयातमा शान्ति र उपयुक्त सरकारी नीति,
  •  बेलायतमा कृषिमा सुधार हुनु
  •  बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभाव

औद्योगिक क्रान्तिको परिणाम

  •  व्यापार व्यवसायमा वृद्धि
  •  घरेलु उद्योगको समाप्ति
  •  बेरोजगारीको सङ्ख्यामा वृद्धि
  •  कलकारखाना स्थापना हुन थाले
  •  समाजमा नयाँ वर्गको उदय हुनु
  •  जनसङ्ख्या वृद्धि
  •  समाजवादी भावनाको उदय
  •  सहरहरूको विकास, मजदुर सङ्गठनको विकास आदि
प्रतिक्रिया दिनुहोस