सार्वजनिक प्रशासन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सार्वजनिक प्रशासन


अजय उप्रेती

३२ श्रावण २०७६, शनिबार


सार्वजनिक प्रशासन भनेको के हो ? सार्वजनिक प्रशासनको महत्व उल्लेख गर्नुहोस ।
उत्तर :
विषय प्रवेशः
भनिन्छ जनताको रोजिरोटिमा सरकारले प्रत्यक्ष रुपमा सम्बन्धित भएर जनताको दैनिक जीवनलाई सरल र सहज विभिन्न क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । जनताको जीवनस्तरलाई खुसि, सुखि, सहज र समृद्ध वनाउन सरकार विभिन्न स्वरुपमा प्रस्तुत हुने गर्दछ । सामान्य अर्थमा हेर्ने हो भने सरकारद्धारा गरिने समूर्ण क्रियाकलापहरुको समष्टिगत रुपलाई सार्वजनिक प्रशासन भनिन्छ । संविधानले परिकल्पना गरेका राजनैतीक, आर्थिक र सामाजिक उदेश्य हासिल गर्न होस वा भौतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न किन नहोस सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सरकारले देशको विकाश, समृद्धि र विकाशको लागि राखेको लक्ष्य, उदेश्यहरु पूरा गर्ने संयन्त्र नै सार्वजनिक प्रशासन हो । प्रशिद्ध विद्धान एल.डि ह्वाइटका अनुसार निश्चित प्रयोजनको लागि एकभन्दा वढि मानिसहरुको सञ्चालन, समन्वय र नियन्त्रणलाई सार्वजनिक प्रशासन भनिन्छ । त्यसै गरि प्रसिद्ध रोमन दार्शनिक सिसेरोले समेत सार्वजनिक प्रशासनलाई to serve, to help, to direct, to govern भन्ने धारणा व्यक्त गरेका । अर्का प्रशिद्ध विद्धान डोनहोमको सससससार्वजनिक प्रशासन सम्वन्धि भनाई हेर्ने हो भने यदि हाम्रो सभ्यता असफल हुन्छ भने यसको कारण प्रशासनको असफलता हो । यसरी सार्वजनिक प्रशासन सरकारको कामकारवाहिको समग्रता हो ।

समग्रमा सार्वजनिक प्रशासन भन्नाले,
– सरकारी प्रशासन, लोक प्रशासन वा जनप्रशासन,
– सरकारको दात, आखाँ र कान
– राज्यको नीति कार्यान्वयन गर्ने संयन्त्र
– जनहितको लािग जारी गरिएको सरकार र जनतावीचको सन्वन्ध सेतु
– साघुरो अर्थमा सरकारको कार्यकारी अङ्ग,
– सार्वजनिक प्रशासन कुनैपनि देश तथा सरकारको मुटु हो ।
– राष्ट्रको आर्थिक, सााजिक परिवर्तनको वाहक,
– समाजको विकास र परिवर्तन गर्ने एउटा उपकरण ।

सार्वजनिक प्रशासन सुधारका केही विधिहरु :
– आयोगको गठन
– ऐन, नियमको तर्जुमा
– नीतिगत निर्णय, संसोधन
– नमूना परीक्षण
– अदालतको आदेश अनुसार कानुनमा सुधार

सार्वजनिक प्रशासनको महत्व :
– सार्वजनिक प्रशासनको महत्वलाई देहायवमोजिम उल्लेख गर्न सकिन्छ ।

  • आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सवल वातावरण तयार गर्न
  •  विकास गतिविधिको प्रभावकारिता निर्धारण गर्न
  •  मानविय एवं भौतिक साधनहरुको उच्चतम उपयोग गर्ने
  •  राज्यका प्रशासनिक गतिविधिहरुको कार्यन्वयन र संचालन गर्ने
  •  दक्ष सक्षम र सवल प्रशासनिक संयन्त्रको विकास गर्ने
  •  विभिन्न कार्यसँग सम्वन्धित अधिकारीहरुलाई प्रशासनिक उत्तरदायित्व निर्वाह गराउने
  •  सर्वाङ्गिण जनताको हित र समुन्नतिको लागि सामाजिक, आर्थिक र राजनितिक न्याय प्रदान गर्ने
  •  संविधानले परिकल्पना गरेको राजनैतीक, आर्थिक र सामाजिक उदेश्य हासिल गर्ने
  •  वितरणात्मक न्याय प्रदान गरी समाजमा पिछडिएको र न्युन आय भएका व्यक्तिहरुको हित प्रवद्र्धन गर्ने

अन्त्यमा,
जनताको हित, कल्याण, शान्ति, सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने सार्वजनिक प्रशासन मानिसको सभ्यता सफल वा असफल भनि निर्धारण गर्ने माध्यम हो । सार्वजनिक प्रशासन चुस्ता, दुरुस्त, सुसासन युक्त वनाउदै जनतालाई पुर्‍याउनु पर्ने सेवा सुविधा समयमै पु¥याई जनसन्तुष्टि हासिल गर्नुपर्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस