कार्यविवरण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कार्यविवरण


खगेन्द्र कुमार खत्री

२७ श्रावण २०७६, सोमबार


परिचय :
कार्य विवरण कुनै पनि एक पदको कार्य, क्रियाकलाप र जिम्मेवारीहरूको सूची हो । कार्य विवरण कुनै पनि सङ्गठनमा कार्यरत कर्मचारीले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी तोकी संगठनकातर्फबाट आधिरिक अधिकारीले दिने लिखित विवरण हो । यसलाई सङ्गठनको सम्बन्धित पदमा पदपूर्ति तथा जनशक्ति प्राप्ति भई सकेपछी निजको पद अनुसार गर्नुपर्ने कार्य, स्थान, कार्य वातावरण समेतको विस्तृत विवरण पनि भनिन्छ ।

कुनै पनि सङ्गठनमा कर्मचारीको पदपूर्ति तथा पदस्थापन भएपछि सम्बन्धी व्यक्तिलाई निजको कामको विवरणका सहितको कार्यविवरण नियुक्ति दिने अधिकारीले दिनु पर्दछ । कार्यविवरणमा सम्बन्धित पदको काम, कर्तव्य र अधिकारका अलावा उक्त पदका लागि आवश्यक पर्ने ज्ञान, सीप, योग्यता र अनुभवहरू, सो पदले पाउने तलब भत्ता तथा अन्य सुविधाहरू, सेवाका सर्तहरू, सुपरीवेक्षण तथा प्रतिवेदन प्रणाली आदिबारे उल्लेख गरिएको हुन्छ ।

कार्य विवरणमा पर्ने विषयवस्तु
 पदनाम, स्तर, सेवा, समूह
 पदको अवस्थिति
 पदको कामको विवरण
 कार्यसम्बन्ध
 अधिकार
 प्रतिवेदन तथा उत्तरदायित्व
 योग्यता र अनुभव
 मूल्याङ्कनका आधारहरू
 तलब, भत्ता र अन्य सुविधाहरू ।
कार्य विवरणको महत्त्व र आवश्यता
 काम, कर्तव्य, जिम्मेवारी, जवाफदेहिता, अधिकार र कार्य सम्बन्ध स्पष्ट गर्न
 सङ्गठनको स्वरूप निर्माण पुनरावलोकन र पुनसंरचना गर्न
 जनशक्तिको माग र पूर्ती सम्बन्धी योजना तयार गर्न
 कर्मचारीहरूको सरुवाको बढुवा तथा कार्यप्रकृति निर्धारण गर्न
 तालिम तथा वृत्ति विकासको आवश्यकता पहिचान गर्न
 कार्यसम्पादन मूल्याङ्कनको लागि आधार तय गर्न तथा यसलाई वस्तुपरक बनाउन
 दण्ड र पुरस्कार प्रणालीलाई प्रभावकारी बनाउन
 कर्मचारीबाट सङ्गठनको लक्ष्य हासिल गर्नका लागि अधिकतम लाभ लिन
 कर्मचारीहरूमा उत्प्रेरणा जगाउन
 तलब निर्धारण तथा त्यसको समय समयमा पुनरावलोकन गर्न
 कार्यवातावरण सहज बनाउन ।
कार्यविवरण बनाउँदा ध्यान दिनुपर्ने कुराहरू
 लचकता हुनुपर्दछ ।
 समूहगत कार्यलाई वढावा दिने खालको हुनु पर्दछ ।
 काम कर्तव्य अधिकारी उत्तरदायित्व स्पष्ट गरिएको हुनुपर्छ ।
 कार्यमा दोहोरोपना हुनु हुँदैन ।
 सहभागितामूलक पद्धति अवलम्बन गरी निर्माण गरिनु पर्ने ।
 समय समयमा हेरफेर गर्नुपर्ने ।
 सम्बद्ध सबै ऐन नियममा भएका प्रावधानहरू समेट्नु पर्ने ।

कार्यविवरण मानव संसाधनको व्यवस्थापनको एक पक्ष हो । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको आधार तय गर्नुका साथै कार्यगत स्पष्टता कायम गर्ने र सङ्गठनमा कार्यरत जनशक्ति र सङ्गठनको लक्ष्य तथा उद्देश्यबिचको तादम्यता जाँच गर्ने तथा प्रभावकारी बनाउने औजार समेत भएकाले कुनै पनि सङ्गठनमा कार्यविवरणको लागु गर्नु नितान्त आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस