२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँझो तोड्न सफल भयौँ, बाली भित्र्याउन समय लाग्छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

काठमाडौं ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँस्थित विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग यहाँ प्रदेशले गरेका कार्यबारे जानकारी दिँदै अब गर्नुपर्ने कामबारे सुझाव दिन आग्रह गरेका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विगत १८ महीनाको छोटो अवधिमा पनि प्रशस्त काम गरेको तर प्रदेश राजधानी काठमाडौँबाट टाढा भएका कारण त्यति प्रचारप्रसारमा आउन नसकी ओझेलमा परेकाले ती कार्यबारे जानकारी दिन तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सञ्चारकर्मीहरुको सल्लाह सुझावको अपेक्षा गरेको बताए ।

प्रदेश सरकार गठनको १८ महीना भएता पनि कार्यालय राख्ने पूर्वाधार र कर्मचारी नभएको समयमा पनि विभिन्न समस्या झेल्दै ४० कानून तथा नियमावली निर्माण गर्न सफल भएको तर वास्तविक विकास निर्माणका काम गर्न केबल पाँच महीना मात्र उपलब्ध भएको उनले बताए । पाँच महीनाको अवधिमा पनि ६० प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको बताउदै उनले भने, ‘हामीले बाँझो तोडिसकेका छौँ तर बाली भित्र्याउन भने समय लाग्छ ।’

स्रोतसाधनले पनि हामी धनी छौँ, यही प्रदेशमा विभिन्न विषयका विज्ञहरु पनि छन् भने अब अप्ठ्यारो छैन, समृद्घ नेपाल निर्माणको सपना पूरा गर्न सक्छौँ, उनले भने । “जनताले अनुभूत गर्नेगरी नभएपनि केही त भएको छ । काम गर्ने प्रवृति र शैलीमा परिवर्तन आएको छ अब हामी समृद्घिका लागि ठोस कार्यक्रम ल्याउछौँ र उत्पादनलाई जोड दिन चाहन्छौँ’, उनले भने ।

मुख्यमन्त्री पौडेलले भन्छन् –हाम्रो विकास समृद्घिसँग जोडिएको हुनुपर्छ सामान्य विकास निर्माणका काम त भई नै हाल्छन् तर हामीले उत्पादन वृद्घिका लागि बढी नै काम गर्नुपर्ने सोचेका छौँ, खासगरी हामीले खाद्यान्न आयात घटाउनैपर्छ र ४/५ वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर बन्नैपर्छ ।

आफूहरुले सामूहिक खेतीलाई जोड दिएको र यसतर्फ सिन्धुली र चितवनमा काम शुरु भइसकेको उनले बताए । पोखरी निर्माण गरी माछामा आत्मनिर्भर हुने र खाली जमीनमा फलफूलका बिरुवाकै वृक्षारोपण थालेका छौँ । यसक्रममा हामीले सिन्धुलीमा २० हजार लिचीका बिरुवा रोपेका छौँ, उनले भने ।

सबै जिल्लामा एक जिल्ला एक उत्पादन केन्द्र बनाउनेछौँ भने मनहरी र मरिन क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गरिएको पनि उनले बताए । पेट्रोलियम इन्धनका बसलाई विस्थापन गर्ने सिलसिलामा साझा यातायातको ३० करोडको शेयर खरीद गरिएको र ३० वटा विद्युतीय बस सञ्चालन गरिने उनले बताउनुभयो ।

कार्यक्रममा सम्पादक तथा सञ्चारकर्मीले काठमाडौँका सडकमा धुलोधुवाँ नहटेको, साँखु तथा नागढुङ्गा सडकको दुर्दशा उस्तै भएको, पुराना गाडी विस्थापन हुन नसकेका, हेटौँडा जाने भरपर्दो बाटो नभएको, करमा मात्र जोड दिइएको, अझै पनि विकास खर्च बढ्न नसकेको, हेटौँडामा अझै पनि स्वास्थ्य सेवाको अवस्था राम्रो नभएको, पहुँच र शक्तिकेन्द्रको आधारमा होटेलमा योजना बन्ने गरेको, करका दायरा मात्र बढाउनुपर्ने र राजधानी तोक्न नसकेको आदि गुनासो गरेका थिए ।

त्यसपछि पत्रकारका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले काठमाडौँको धुलोधुँवा हटाउन पूरै उपत्यकाकै योजना बनाउनुपर्ने, काठमाडौँ महानगरपालिकाको मात्र दोष नभएको, काठमाडौँ उपत्यकालाई एक दर्जन ब्रुमर दिइने र राम्रो र स्वच्छ उपत्यका बनाउने विचार रहेको बताए । प्रदेशले कर मात्र होइन सेवा पनि दिएको छ तर मिडियामा फरक ढङ्गले व्याख्या आएको गुनासो उनले गरे ।

उनले राजनीतिको सङ्क्रमणकाल समाप्त भए पनि प्रशासनिक सङ्क्रमणकाल समाप्त नभएको बताए । मुख्यमन्त्री पौडेलले मकवानपुरको जिल्ला अस्पतालमा पनि व्यापक परिवर्तन आएको छ, निजी अस्पतालभन्दा स्तरीय सेवा प्रदान गरिएको उनले बताए । यसैगरी, सामुदायिक कलेजलाई पनि सहयोग गरिएको उनले बताए । सामूहिक खेती सम्बन्धमा उठेको प्रश्नमा उनले यो कम्युन जस्तो नभई किसानको खेत एकमुष्ट लिई उत्पादनअनुसार नाफा बाँडिने बताए ।

“राजधानी कसैलाई पायक पर्ने हिसाबले मात्र तोकिने होइन, राजधानी काठमाडौँको छायाँमा भने हुँदैन, काठमाडौँको जनसङ्ख्या डाइभर्ट गर्नेगरी हुन्छ, जहाँ भए पनि फरक पर्दैन, विकास नभएको ठाउँमा हुनुपर्छ । केही दिनमै राजधानी र नाम एकैचोटी तोकिन्छ”, मुख्यमन्त्रीले भने ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिग्राम जमकट्टेलले मुख्यमन्त्रीको भावनाअनुसार समृद्घि र सुशासनमा जान्छौँ भर्दै सम्पादकलाई सुझावका लागि धन्यवाद दिए भने यस क्रमलाई निरन्तरता दिने बताए। प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा मुख्य सचेतक रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य गणेश दुलाल लगायतको उपस्थिति थियो ।

काठमाडौँस्थित सम्पादक तथा सञ्चारकर्मीमा गोपाल गुरार्गाईं, शम्भु श्रेष्ठ, दीपक पाण्डे, कपिल काफ्ले, प्रकाश रिमाल, किरण नेपाल, सागर पण्डित, सेविका दाहाल, अरुण बराललगायतले मुख्यमन्त्रीसमक्ष जिज्ञासाका साथै सुझाव प्रस्तुत गरेका थिए ।रासस