‘नेपालको संविधान विश्वकै उत्कृष्ट महिलामैत्री’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘नेपालको संविधान विश्वकै उत्कृष्ट महिलामैत्री’


प्रशासन संवाददाता

१२ जेष्ठ २०७६, आइतबार


घाइघाट । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट र महिलामैत्री भएको धारणा राखेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–६ राजाबासमा उदयपुर प्रथम ऐतिहासिक महिला भेलालाई आज सम्बोधन गर्दै उनले अहिले नेपालमा महिलाहरुले हकअधिकार अझै प्राप्त नभएको भन्नुभन्दा पनि संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘नेपालको संविधान विश्वका देशहरु मध्येकै एक उत्कृष्ट महिलामैत्री संविधान हो ।’

संविधानमा भएका सबै अधिकारलाई अक्षरस पालना र कार्यान्वयन गरे नेपालमा पुरुष सरह महिलालाई समान हक र अधिकार प्राप्त हुने उनको भनाइ थियो । उनले विश्वका कुनै पनि देश वा राज्यका प्रमुख अङ्ग र तहमा महिलाको तीनै तहमा ३३ र ४० प्रतिशत सहभागिता भएको उदाहरण कतै पनि नभएको बताए ।

मन्त्री थापाले महिलाको स्वरोजगार र सीप अभिवृद्धिका लागि सरकारले आगामीे बजेटमा उल्लेख्य रुपमा रकम छुट्याउने जानकारी गराए ।

सोमबारसम्म सञ्चालन हुने उक्त भेलाले उदयपुरका महिलाका समस्याका विषय र महिलाको राजनीतिक, आर्थिक, सामाजिक पहुँचको विकासका पक्षमा स्थानीय तह वा राज्यले खेल्नपर्ने दायित्वका विषयमा घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस