‘मोयाकै नाम प्यारो’ बजारमा (भिडियो सहित) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘मोयाकै नाम प्यारो’ बजारमा (भिडियो सहित)


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


पोखरा । ‘राम्रो फूल गाउँमै फूले त….गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आएकी छन् ।

गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियोमा गायिका पन्तले स्वर दिएकी छन् । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनका साथै रमेशबाबु र सुप्रिया रानाको अभिनय छ ।

विश्वास नेपालको सङ्गीत संयोजन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन छ भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोलाई गायक सर्जक शिव हमालको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोको सार्वजनिक गर्दै नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले सङ्गीतमा लगानी बढिरहेको औँल्याउँदै राम्रा गीतलाई स्रोताले मन पराइरहेको बताए ।

गायिका पन्तका यसअघि विसं २०६३ मा ‘मर्नै पर्ने भो’, २०६४ मा ‘सुनको दोकान’मा, २०६७ मा ‘बेंसी छैन खेत’, २०७२ मा फेसबुकका स्टाटस, २०७५ मा ‘भात पकासी गिलो’, २०७५ मा ‘आमा र पिरती’ जस्ता लोक दोहोरी गीत बजारमा आइसकेका छन् ।

हेर्नुस् भिडियो सहित:

Tags :
प्रतिक्रिया दिनुहोस