गत साताबाटै सुरु हुन्छ भनेको लोक सेवा खोल्ने प्रक्रिया के भइरहेको छ मन्त्रीज्यू ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गत साताबाटै सुरु हुन्छ भनेको लोक सेवा खोल्ने प्रक्रिया के भइरहेको छ मन्त्रीज्यू ?


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७६, मंगलबार


लोक सेवा तयारी

काठमाडौँ । देशमा बढ्दो बेरोजगारीलाई एक दहसम्म सम्बोधन गर्दै आएको तथा वर्तमान सङ्घीयता कार्यान्वयनको चरणमा अत्यावश्यक ‘लोक सेवाबाट कर्मचारी भर्ना गर्ने प्रक्रिया’ तातो विषय बन्ने गरेको छ ।

कर्मचारीको अभावमा स्थानीय तहहरूमा दैनिक कामकाज तथा विकास निर्माणका कामहरू प्रभावित भएका समाचार अनि लोक सेवासँग जोडिएर आउने समाचारहरू भाइरल भइरहेको अवस्थालाई हेर्दा देशमा कर्मचारीको आवश्यकता र लोक सेवाप्रति युवायुवतीहरूको आकर्षण कति रहेको छ भन्ने कुराको थप पुष्ट्याई गर्दछ ।

यसै सन्दर्भमा गत साता मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘लोक सेवा विज्ञापन प्रक्रिया यसै साताबाट’ सुरु हुने बताएका थिए । यो सामाग्री प्रकाशनको ६ दिनमै १३ हजार बढी सेयर भई सकेको छ ।

सम्बन्धित समाचार : लोक सेवा विज्ञापन प्रक्रिया यसै साताबाट

स्थापनाकालदेखि नै लोक सेवालाई विशेष प्राथमिकतामा राख्दै आएको प्रशासन डटकमले मन्त्रीको तीन महिना भित्र ‘फाष्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारी’ रहेको भनाइलाई भिडियोसहित समाचार प्रकाशन÷प्रशारण गरेको थियो ।

सम्बन्धित समाचार : तीन महिनाभित्र फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारी

यसै साता सुरु हुन्छ भनेको सात दिन पुग्न लाग्दा पनि कुनै जानकारी नआएको भन्दै पाठकहरूले बारम्बार प्रश्न सोध्ने गरेपछि सहकर्मी एस राज उपाध्यायले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई उनी आफैले बोलेको कुरा स्मरण गराउँदै प्रश्न सोधेका छन् :

प्रश्न : गत साताबाटै सुरु हुन्छ भनेको लोक सेवा खोल्ने प्रक्रिया कहाँसम्म पुग्यो मन्त्रीज्यू ?

उत्तर : फागुन २६ गते नै प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगर पालिका तथा महानगरपालिकालगायत सबै निकायमा कर्मचारीको माग फाराम भरी पठाउन पत्राचार गरेका थियौँ । उहाँहरूबाट कर्मचारी चाहियो भनेर मौफिक आउने तर लिखित नआउने गरेकोले वैशाख २० गतेसम्म अन्तिम पटकका लागि समय दिएका छौँ । विवरणहरू प्राप्त भएपछि लोक सेवामा पठाई दिन्छौँ ।

स्थानीय तहको लागि संघबाट सिधै कर्मचारी माग्न नसकिने संवैधानिक व्यवस्था अनुसार प्राप्त मागको आधारमा भर्ना प्रक्रिया अगाडी बढाउनु पर्ने भएकोले २० गतेसम्म जति आउँछ सोही अनुसार लोक सेवा आयोग पठाउँछौँ । माग नपठाउने निकायमा कर्मचारी आवश्यकता छैन भन्ने बुझ्नु पर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस