लोक सेवा विज्ञापन प्रक्रिया यसै साताबाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा विज्ञापन प्रक्रिया यसै साताबाट


११ बैशाख २०७६, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा रहेको बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा सञ्चालित सङ्घीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पण्डितले छोटो प्रक्रियाबाट टुंगिने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

यही हप्ता लोक सेवालाई कर्मचारी भर्नाका लागि पठाउन लागिएको छ मन्त्री पण्डितले भने प्रादेशिक लोक सेवा नबनुन्जेल सङ्घीय लोकसेवाले छनौटको काम गर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त प्रक्रिया अघि बढाइएको हो ।

तीन महिनाभित्रमा फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारीमा आफू रहेको मन्त्री पण्डितले जानकारी दिए ।

र यो पनि,

तीन महिनाभित्र फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारी

Tags :
प्रतिक्रिया दिनुहोस