बाँच्नु पर्छ भन्छौ तर… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँच्नु पर्छ भन्छौ तर…


१४ बैशाख २०७६, शनिबार


बाँच्नु पर्छ भन्छौ तर भिर देखाइदिन्छौ
हाँस्नुपर्छ भन्छौ तर पिर देखाइदिन्छौ ।
बल्ल तल्ल सँगाल्दछु खुसी,
कुटिल तिम्रा मुस्कान भित्र नजानिँदो झिर देखाइदिन्छौ

समुद्रको कुरा गर्छु म तर तिमी खहरेको तिर देखाइदिन्छौ
सगरमाथा छुन्छु भन्छु तर आफ्नै शिर देखाइदिन्छौ
जसो तसो जुटाउँछु हिम्मत,
कुटिल तिम्रो मुस्कान भित्र नजानिँदो झिर देखाइदिन्छौ

सबै कुरा बुझ्छु म तर तिमी निर देखाइदिन्छौ
हार्दै छौ तिमी भन्छौ तर फेरी वीर बनाइदिन्छौ
जसो तसो जुटाउँछु हिम्मत,
कुटिल तिम्रो मुस्कान भित्र नजानिँदो झिर देखाइदिन्छौ ।

Tags :
प्रतिक्रिया दिनुहोस