माया कति गहिरो छ
सधैँ सानै ठान्छिन् ऊनी
हाँसो खुसी पुर्याएर
पिर ब्याथा पिउछिन उनी
प्रेरणा र सत्य बचन
सन्ततिलाई दिन्छिन् ऊनी
टुक्रिएको मनलाई पनि
बातशल्यले सिउछिन उनी
बिसन्चो र सन्चोलाई
परै थाहा पाउछिन् उनी
अप्ठ्यारो र चुनौतीलाई
सहजै पार लाउछिन् उनी
मानवताको खडेरीमा
माया मात्र देख्छिन् उनी
जति सुकै निर्मोहिलाई नि
मायाले नै पगाल्छिन् ऊनी
बैगुनी नि गल्दा रैछन्
आमाको त्यो गुनै गुनले
अमिर होस् या शरीर भरी
पुरिएको सुनै सुनले