श्रावण ६ गते, २०७६

संघीय र एकात्मक शासन

शासन
राज्य संचालनको लागि सरकारले अपनाउने विधि र प्रक्रिया नै शासन हो । शासन सार्वजनिक मामिलाको व्यवस्थापन हो, जसले राज्यलाई मार्ग निर्देशन गर्छ भने समाजलाई व्यवस्थित ढंगबाट संचालन गर्दछ । राज्यको संरचनाको आधारमा शासनलाई एकात्मक र संघात्मक गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।

संघात्मक शासन
राज्यशक्तिको संविधानत दुई वा दुईभन्दा बढी तहमा विभाजन गरी संचालन हुने शासन संघात्मक शासन हो । संघात्मक राज्यमा एउटै राज्यभित्र दुई वा दुईभन्दा बढी राज्य हुन्छन् तर अन्तर्राष्ट्रिय सिमाना भने एउटै मात्र हुन्छ । संघीय इकाइहरुलाई आफ्नो गतिविधि स्वतन्त्र रूपमा संचालन गर्न संविधानले नै अधिकार दिएको हुन्छ । विविधताको व्यवस्थापन गरी इन्द्रेणी राज्य स्थापना गर्न संघीयता अवलम्बन गरिन्छ । मूलभूत रूपमा पूर्ण स्वतन्त्र, अर्ध स्वतन्त्र तथा केन्द्र शासित गरी ती प्रकारको संघीयताको मोडलहरू प्रचलित छन् ।

संघीयता निर्माणका मुख्य दुई आधारहरू छन्

१ कमिङ टुगेदर
विभिन्न स्वतन्त्र राज्यहरूको एकता भई संघीयता निर्माण हुन्छ भने त्यो कमिङ टुगेदर हो । यो मोडलमा अधिकारको प्रवाह तलबाट माथि हुन्छ बटम टु टप । यसरी स्वतन्त्र राज्यहरू एकत्रित भई नयाँ मुलुकको स्थापना हुन्छ । अमेरिका र स्विट्जरल्याण्डको संघीयता यसको उदाहरण हो ।

२ होल्डिङ टुगेदर
यस्तो संघिय मोडलमा एउटै राज्य विभिन्न संघीय इकाइहरुमा विभाजन भई संघीयता निर्माण हुन्छ । यो मोडलमा अधिकार माथिबाट तल टप टु बटम प्रवाह हुन्छ । भारत, नेपाल , स्पेन जस्ता देशको संघियता यसको उदाहरण हो ।

संघीयताका फाइदा

  • जनताको घरदैलोमा सरकारको उपस्थिति
  • शासन सञ्चालनमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व र अपनत्व
  • केन्द्र सरकारको कार्यबोझमा कमी
  • आन्तरिक स्रोतको उपयोगका कारण बाह्य निर्भरतामा कमी
  • जनचाहनामा आधारित सन्तुलित विकास ।
  • संघीयताको बेफाइदा

संघीयता आफैँमा हानिकारक होइन तर यसको प्रयोगमा कमजोरी भए यसले राज्यलाई हानी पुर्‍याउन पनि सक्छ । मूलभूत रूपमा संघीयताका सम्भावित बेफाइदाहरू देहाय बमोजिम हुन सक्छन्

  • संघीय इकाइहरुबीच मतभेद आइ राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्न सक्छ
  • नीति कार्यक्रम तथा योजनाहरूमा दोहोरोपन आउन सक्छ
  • जनतामाथि द्धैध शासनको भार पर्न सक्छ
  • संघीय इकाइहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ
  • भ्रष्टाचार र अनियमितताको सम्भावना रहन्छ ।

एकात्मक शासन
राज्यशक्तिको सम्पूर्ण अधिकार केन्द्रमा रहने शासन व्यवस्था एकात्मक शासन व्यवस्था हो । यस्तो शासन व्यवस्थामा सार्वभौमसत्ता केन्द्रमा निहित हुन्छ र शासन सञ्चालनलाई सहज बनाउन केन्द्र मातहत रहनेगरि विभिन्न इकाइहरुको स्थापना गरिएको हुन्छ । विकेन्द्रिकरणको माध्यमबाट केन्द्रको अधिकार तल्लो इकाइहरुमा दिइने भएता पनि केन्द्रले जुनसुकै बेला फिर्ता लिन सक्छ भने जवाफदेहिता पनि सधैँ केन्द्रमा नै रहन्छ ।

एकात्मक शासन व्यवस्थाका फाइदा

  • राष्ट्रिय एकता प्रवर्धन र सुदृढिकरण हुन्छ
  • केन्द्रको एकल नियन्त्रण हुने हुँदा विखण्डनको सम्भावना रहँदैन
  • कार्यक्रम नीति तथा योजनामा एकरुपता कायम हुन्छ
  • निर्णय प्रक्रियामा शीघ्रता कायम हुन्छ ।
कार्तिक ५ गते, २०७५ - ०७ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg