मानव पुँजीको कौशलतापूर्ण व्यवस्थापनका आयामहरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानव पुँजीको कौशलतापूर्ण व्यवस्थापनका आयामहरु


डा. दामोदर रेग्मी

१९ बैशाख २०७५, बुधबार


जनशक्तिः साधन, साध्य र पूंजी

मानव संसाधन वा जनशक्ति व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्तिर श्रमशक्तिरजनशक्ति पनि भन्ने गरिन्छ । जनशक्तिर मानवशक्तिर श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो ।

मुलुकको समग्र विकासका लागि मानव साधन सधै महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुबै आयामबाट महत्वपूर्ण मानिन्छ । साधनको रुपमा यसको परिचालन बिना विकास निर्माण कार्य सम्भव हुँदैन भने साध्यको रुपमा मानव संसाधनको विकास नै राष्ट्रिय विकासको अन्तिम लक्ष्य हो । राष्ट्रिय विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, सम्बर्धन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो ।

जनशक्ति व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउँछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास , सामयिक संभार, एकाकार, अवकाश, अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ ।जनशक्ति व्यवस्थापन यी सबै कार्यहरुको श्रृंखलाबद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो ।

मानव श्रोतको प्रभावकारिताबाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरु मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव श्रोत संगठनमा उपलब्ध सवै श्रोतहरुमध्ये महत्वपूर्ण मानिन्छ, यसैले यसलाई मानव पूंजी पनि भन्ने गरिन्छ ।

सांगठनिक उद्देश्य प्राप्ति द्वारा राष्ट्रिय उद्देश्य प्राप्ति का लागि मानव श्रोत सबभन्दा महत्वपूर्ण पक्ष हो । मानव श्रोत व्यवस्थापन अन्तरगत विद्यमान जनसंख्यामा उमेर समूह, योग्यता र सीपको क्षेत्र, श्रम सीपको क्षेत्र आदिको विश्लेषणबाट श्रम बजारमा उपयोग गर्न सकिने जनशक्तिको प्रयोग गर्न सकिने पूर्वानुमान सहितको योजना मानव श्रोत व्यवस्थापनको पहिलो चरण हो । जनशक्ति योजनाले संगठनको अल्पकालीन एवं दीर्घकालीन उद्देश्यलाई दृष्टिगत वर्तमान तथा भविश्यको आवश्यकता विश्लेषण गर्ने प्रक्रिया संगठनको लक्ष्य प्राप्तिको सन्दर्भमा जनशक्ति आवश्यकताको विश्लेषण गर्ने कार्य गर्दछ । यसमा विद्यमान जनशक्तिको मौज्दात सूचीपत्र तयार गर्ने, काम छोड्ने प्रवृत्तिको गणना र अनुमान गर्ने, थप कार्यक्षेत्रको लागि थप जनशक्ति प्रक्षेपण गर्ने विषयहरु पर्दछन् ।

समग्रमा संगठनको लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान र माग अनुरुपको जनशक्ति पूर्ति गर्न अपनाईने रणनीति निर्माण जनशक्ति योजना अन्तरगत पर्दछ । मानवश्रोत गतिशील, सिर्जनशील, उत्पादनशील, उद्यमशीलभएकाले यसको प्राप्ति र उपयोगलाई प्रभावकारी बनाउनको लागि जनशक्ति योजनाको महत्व रहने गर्दछ ।

मानवश्रोत संवेदनशील जटिल र महंगो श्रोत हो तर यसको उचित परिचालन सम्भव भएकाले मानवश्रोतको क्षमताको अत्यधिक उपयोेग गर्ने रणनीति तयार गर्न, संगठनको कार्यदक्षता र प्रभावकारितामा बृद्धि गर्न तथा समान पहुँच र अवसरको माध्यम र निश्पक्ष तरीकाबाट योग्य व्यक्तिलाई संगठनमा आकर्षित गर्न जनशक्ति योजनाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवश्रोतको भूमिकामा अन्य साधन श्रोतको प्रभावकारप्ता निर्भर रहेकाले मानवश्रोतको परिचालनवाट अन्य साधन श्रोतको प्रभावकारिता बृद्धि गरी लक्षित उद्देश्य हासिल गर्नको लागि जनशक्ति योजना आवश्यक पर्ने गरेको हो ।

  • जनशक्ति योजनाको सामयिकपक्ष
  • समावेशिता
  • करार सम्झौता
  • पोर्टफोलियो कार्य विभाजन
  • जनशक्ति योजना तर्जुमाको तरीका
  • लक्षित कार्य क्षेत्रको पहिचान
  • संगठनको लक्ष निर्धारण गर्ने
  • विद्यमान अवस्थाकोे(कार्यबोझ, जनशक्ति परीक्षण,कार्य विश्लेषण)मूल्यांकन
  • बिद्यमान अवस्थाको आधारमा भविश्यको लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण
  • बजार विश्लेषण को आधारमाजनशक्ति विकास र प्राप्ति रणनीति

जनशक्तिको प्राप्ति
क्षमतावान जनशक्तिको प्राप्तिगर्ने प्रक्रिया जनशक्ति व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । श्रम बजारमा उपलब्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्तिगर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम द्वारा क्षमतावान जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ ।संगठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया निम्न आधारमा आधारित हुनु पर्दछ:

  • प्रतिस्पर्धाको आधार
  • निश्पक्षताको आधार
  • प्रतिस्पर्धामा समान रुपमा सहभागिता जनाउन पाउने अवसरको आधार
  • सहभागीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई तटस्थ र निश्पक्ष रुपमा परीक्षण गर्नेे आधार
  • जनशक्तिको सेवा अवधिको आधार

जनशक्तिको प्रयोग
क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हँुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया मानव श्रोत व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा निम्न आधारहरु लिने गरिन्छ:

  • विज्ञताको आधार:
  • जुन कामको लागि लिइएको हो सो काममा लगाउने
  • योग्यता, सीप, दक्षता, अनुभव अदिको आधारमा कार्य विनियोजन गर्ने
  • परिणाम र उत्तरदायित्वको आधार:
  • कार्य विवरणको आधारमा काममा लगाउने
  • कुन काम के कसरी कुन प्रक्रियाव्दारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने
  • कार्य सम्पादन मूल्यांकन प्रणाली
  • सक्षमताको आधारस्योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने
  • स्थान अनुरुप व्यक्तिको उपयुक्तताको आधारस् सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने
  • उत्प्रेरणाको आधारः आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतिकरण, कार्य पुष्टीकरण आकर्षक तलवमान र उत्प्रेरणा(मौद्रिक तथा गैर मौद्रिक)का माध्यम द्वारा क्षमतावान जनशक्तिलाई संगठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने
  • क्षमतावान जनशक्तिलाई संगठनमा टिकाइराख्ने आधार:
  • आकर्षक वृत्ति मार्ग, विशेष सुविधा
  • क्षमतावान जनशक्तिआकर्षण गर्ने र टिकाइराख्ने

जनशक्ति विकास
संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्तिसँग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा विकास (तालिम ) को अहम भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरुमध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ ।

जनशक्ति विकासलाईतालिम भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।यसले समय र प्रविधिमा आएको परिवर्तन सँगै ज्ञान, सीप, र मनोवृत्ति मा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पु¥याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।

संभार
मानव श्रोत व्यवस्थापन अन्तरगतको संभार पक्ष संगठनमा उपलब्ध जनशक्तिलाई संगठनमा टिकाई राख्न गरिने परिपूरक उपायहरु संभार अन्तरगत पर्ने गर्दछन् जसमा मूलत निम्न कुराहरु पर्ने गर्दछन् ।

  • कामदार कर्मचारीलाई संस्थाको कार्यप्रकृति वारे जानकारी दिई कार्य वातावरण संग परिचित र घुलमिल गराउने
  • भौतिक अवस्था (कामदार कर्मचारीले सम्पादन गर्नु पर्ने काममा सहजता ल्याउन र मानसिक र शारिरीक सुरक्षा हुने किसिमको कार्यालयकोे भौतिक अवस्थाको प्रत्याभूति ।

विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्यि श्रम संगठन को संयुक्त समितिले संगठनात्मक स्वास्थ्य र औद्योगिक स्वास्थ्यका दृष्टिले संभार पक्षले निम्न विषयमा ध्यान दिनु पर्ने कुरामा जोड दिएको छ ।

  • सवै पेशाका कामदारहरुलाई शारीरिक, मानसिक र सामाजिक रुपले संरक्षण र संभार गर्नु
  • कार्य क्षेत्रको अवस्थाको कारणले उनीहरुको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरवाट संरक्षण गर्नु
  • स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर र जोखिमवाट कामदारहरुलाई संरक्षण गर्नु
  • कार्य क्षेत्रको वातावरणलाई शारीरिक र मानसिक पक्षमैत्रीय वनाउनु

एकाकार
संगठन समग्रमा एउटा परिवार हो । परिवारका यी सदस्यहरु बीच विच भावनात्मक एकता अभिवृध्दि गर्ने अन्तरवैयक्तिक सम्वन्धको विकास व्दारा संगठनको कार्यगत दक्षता र प्रभावकारिता अभिबृद्धि गरिनु आवश्यक हुन्छ । यसको लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ

  • पेशागत व्यवसायिकताको प्रबर्धन
  • सेवा समूहको व्यवस्थाले पेशागत विज्ञता र व्यवसायिकता
  • समूहगत आवद्धता
  • ट्रेड यूनियन, पेशागत संघ संस्थाहरु, हित संरक्षण समूह
  • असल सामाजिक सम्बन्ध
  • कर्मचारी सम्वन्ध समिति
  • अन्तर वैयक्तिक सम्बन्धको विकास
  • मानव सम्बन्ध उपागमको अवलम्बन
  • समूह गतिशीलताको सिद्धान्तको प्रयोग
  • असल संगठनात्मक संस्कृतिको विकास
  • सुरक्षाको प्रत्याभूति
  • सेवाको सुरक्षा, कानूनी सुरक्षा, सफाइको मौका, प्रतिरक्षा गर्ने मौका
  • सामाजिक सुरक्षणका उपायहरु
  • सेवामा कार्यरत रहदाको अवस्थामा, सेवा निवृत्तको अवस्थामा

अवकाश
संगठनमा उपलब्ध जनशक्ति लाई उसले पुयाएको योगदानको कदर गर्दे निश्चित अवधि पछि सगठनको नियमित कार्यवाट अलग गराउने प्रक्रिया नै अवकाश हो । यस प्रक्रियाले नयाँ उर्जाशील जनशक्तिलाई संगठनमा प्रवेशको अवसर दिन्छ । अवकाशको सम्बन्धमा निम्न प्रारुपहरु प्रयोगमा आउन सक्दछन् ।

  • उमेरको हदको आधारमा अनिवार्य अवकाश
  • निश्चित पदावधिको आधारमा अवकाश
  • सम्झौताको आधारमा अवकाश
  • असामयिक अवकाश

अवकाश योजना, अवकाश व्यबस्थापन
व्यवस्थापनको आधुनिक अवधारणले लामो समय को त्याग र समर्पण पछि अवकाश पाएको व्यक्तिको त्यस संगठन संगको सम्पर्क अवकाश पछि पनि कायम रहनु पर्दछ र यस सम्बन्धले उक्त व्यक्तिको अवकाशको जीवन सरल र सहज वनाउनमा सहयोग गरेको हुन्छ भन्ने मान्यता राखेको छ । अवकाश व्यबस्थापन मा निम्न कुराहरु पर्दछन्:

  • निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृध्दिको आधारमा निवृत्तिभरणमा थप
  • विज्ञताको अनुभव लिन सकिने
  • अवकाश जीवन सार्थक वनाउन विभिन्न कार्यक्रमहरुको संचालन
  • उत्तराधिकारी योजना

जनशक्ति व्यवस्थापनको विद्यमान स्थिति
जनशक्ति योजना

  • सार्वजनिक सेवा प्रवाहको लागि निजामती सेवामा विभिन्न सेवा समूहको व्यवस्था भएको
  • सार्वजनिक सेवा प्रवाहको लागि कार्यवोझ को आधारमा विभिन्न सेवा समूह लागि आवश्यक जनशक्तिको आवश्यकता प्रक्षेपण गरिने परिपाटी
  • संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने
  • य आवश्यक जनशक्तिको योग्यता र दक्षता निर्धारण
  • य कार्य विवरण पहिचान
  • संगठन तथा व्यवस्थापन सर्वेक्षण र स्वीकृति
  • लोक सेवा आयोगमा सामयिक रुपमा माग आकृति फाराम प्रस्तुत

प्राप्ति

  • लोक सेवा आयोगद्वारा खुला, आन्तरिक, वढुवा, समावेशी प्रक्रिया अनुरुप माग पदहरुको विभाजन
  • सार्वजनिक विज्ञापनद्वारा दरखास्त आव्हान
  • परीक्षा संचालन
    लिखित, अन्तरवार्ता, प्रयोगात्मक, नतीजा
  • सिफारिस, नियुक्ति, पदस्थापन

प्रयोग

  • निजामती सेवा १० सेवा र १५० भन्दा बढी समूहको व्यवस्था छ यसले सेवा समूहको आवश्यकता अनुसार योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा पदस्थापना गर्न सक्ने अवस्था विद्यमान रहेको छ ।
  • भौगोलिक र विभिन्न कार्यक्षेत्रको अनुभव दिलाउने उद्देश्यवाट सरुवा को व्यवस्था ।
  • वृत्तिमार्गको व्यवस्थालाई कार्य सम्पादन मूल्यांकनको व्यवस्था संग आवध्द गरिएको कारणले कार्य सम्पादन स्तर राम्रो हुनुपर्ने आवश्यकता रहेको छ ।
  • निजामती सेवा ऐन र नियमावली कर्मचारी सेवा शर्तको कानूनी आधारशीला
  • मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणाहरुको प्राबधान

विकास

  • तालिम नीतिको व्यवस्था
  • सेवा प्रवेश तालिम, सेवाकालीन तालिम, पुनर्ताजगी तालिम
  • स्वदेशी तालिम, वैदेशिक तालिम, अवलोकन भ्रमण
  • तालिम वृत्ति विकास को प्रमुख आधारशीला
  • अध्ययनको अवसर र अध्ययन विदाको व्यवस्था

संभार

  • तलव, भत्ता, सुविधाको व्यवस्था
  • तलव, भत्ता, सुविधामा सामयिक परिमार्जन र समायोजन
  • औषधी उपचार सुविधाको व्यवस्था
  • विदाको व्यवस्था
  • सेवाको सुरक्षा र सेवा शर्तको सुरक्षाको दरिलो प्रावधान
  • लोक सेवा आयोग कर्मचारीको अभिभावक
  • तनाव व्यवस्थापन जस्ता तालिम हरुको आयोजना
  • निजामती कर्मचारी अस्पतालको व्यवस्था
  • कर्मचारी संचयकोष, नागरिक लगानी कोष, वीमा कोष जस्ता दीर्घकालीन सुरक्षण बचत योजनाहरु
  • अवकाश पछिको जीवनलाई आर्थिक सहयोग दिन निवृत्तिभरण, पारिवारिक निवृत्तिभरण, शैक्षिक निवृत्तिभरण र उपदानको व्यवस्था एकाकार
  • कर्मचारी सम्वन्ध समितिको व्यवस्था
  • ट्रेड यूनियनहरुको व्यवस्था र आधिकारिक ट्रेड यूनियन
  • सेवा समूहको व्यवस्थाले पेशागत विज्ञता र व्यवसायिकता
  • औपचारिक र अनौपचारिक समूहहरु
  • सेवा प्रवेशमा समावेशिताको अवधारणा
  • कर्मचारी आचरण र अनुशासनको प्राबधान
  • विभिन्न धार्मिक पर्व र अवसरमा सार्वजनिक विदाको व्यवस्था अवकाश
  • अनिवार्य अवकाशः ५८ वर्ष, स्वास्थ्य सेवाको लागि ६० वर्षको व्यवस्था
  • पदावधिको आधारमा अवकाशः सचिव ५ वर्ष, मुख्य सचिव ३ वर्षको व्यवस्था
  • बाध्यात्मक अवकाशस्अनुशासन, विभागीय कारवाहीको कारणले अवकाश हुने व्यवस्था
  • स्वेच्छिक अवकाशस् आफ्नो इच्छा अनुसार अवकाश लिन सक्ने व्यवस्था

अवकाश योजना, अवकाश व्यबस्थापन

  • निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृध्दिको आधारमा निवृत्तिभरणमा थप
  • विज्ञताको अनुभव लिन सकिने
  • अवकाश व्यबस्थापनको अध्ययन

जनशक्तिव्यवस्थापनको सवल र कमजोर पक्ष

संघीयतामा जनशक्ति व्यवस्थापन

देश संघीय शासन प्रणालीमा प्रवेश गरिसकेको सन्दर्भमा राज्यको पुनःर्संरचना संगै प्रशासनिक पुनःर्संरचनाको आवश्यकता महशुस हुन्छ । यस सन्दर्भमा कर्मचारीहरु संघ, प्रदेश र स्थानीय तीनै तहमा रहने र तीनै तहवाट यिनीहरुको परिचालन हुने हुनाले केन्द्रीय जनशक्ति र मानव संशाधन व्यवस्थापन नीतिमा सामन्जस्यता रहने गरी संघ, प्रदेश र स्थानीय तहको मानव संशाधन व्यवस्थापन नीति कार्यान्वयन हुनु आवश्यक छ । यसका लागि प्रशासन क्षेत्र हेर्ने संघीय मन्त्रालयले मन्त्रिपरिषद तथा प्रधानमन्त्रिको कार्यालय, लोक सेवा आयोग, प्रदेश तहको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रादेशिक लोक सेवा आयोगको समन्वय र सहकार्यमा मानव संशाधन व्यवस्थापन नीति ल्याउनु पर्ने र तदनुरुप प्रत्येक तहले तदनुरुप आफ्नो आवश्यकता अनुरुप जनशक्ति र मानव संशाधन व्यवस्थापन कार्यनीति वनाउनु उपयुक्त हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस