आदर्श जीवन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आदर्श जीवन


१ पुस २०७४, शनिबार


हाम्रो जीवनले आफ्नो आदर्शको अनुशरण गर्दछ । हामी त्यही बन्छौ, जे बन्ने हाम्रो हृदयमा उत्कृष्ठ हुन्छ । यदि हामी सदा उच्च, महान् तथा सुयोग्य बन्ने इच्छा गर्दछौं र यथाशक्ति त्यसको लागि सचेत रहन्छौं भने हाम्रो स्थितिमा असम्भव छैन ।

आजको दिन मेरो दिन हो । आज म हृदयदेखि नै प्रण गर्दछु कि कुनै कुविचार, ग्लानी, डाह, भय, लोभको खराबीबाट आफूलाई बचाउने छु । आज यस हर्ष–भय संसारमा स्वास्थ्य, सुरक्षा, मेलमिलाप, प्रसन्नता र सदाचार मेरो साथ छ ।

मानव शरीरको रचना यस कुराको साक्षी हो कि व्यक्तिलाई प्रकृतिको हातले एक पूर्ण जीवन प्रदान गरेको छ । उसको शारीरिक बनावटमा कुनै विशेष प्रकारको कमी, त्रुटी प्रकट हुँदैन । उसलाई सयमा सय नम्बर प्राप्त भएको छ ।

प्रकृतिको कलाकारले उसलाई आफ्नो कलाको चमत्कार गर्नका लागि उत्पन्न गरेका छन् । अतएव हामीलाई जुन आधा या चौथाई व्यक्तित्व देखिन्छ, त्यो अनिवमित तथा अपूर्ण छ । मेरो विचारमा देशको प्रत्येक नागरिकले आफ्नो उद्देश्यलाई सदैव आफ्नो आँखाको सामुन्ने राख्नुपर्दछ ।

यदि हामीलाई ज्ञान होस् कि आफ्नो मस्तिष्कमा अपूर्ण, धमिलो र दोषपूर्ण चित्रको अपेक्षा आफ्नो पूर्ण तथा दोषहीन चित्र राख्नाले के लाभ हुन्छ, तब हामी आफ्नो स्वभाव र विचारलाई ज्यादै चाँडो सुधार गर्न सक्दछौं ।

यदि हामी आफ्नो मस्तिष्कमा त्यही गुण तथा विशेषतालाई राख्यौँ, जसलाई प्राप्त गर्ने हामीलाई हार्दिक इच्छा हुन्छ भने पूर्ति तथा प्रस्तावित श्रेष्ठतातर्फ हाम्रो जग द्रूतगतिले उठ्न थाल्नेछ ।

यदि तपाईं आफ्नो आत्माको इच्छापूर्ति चाहनुहुन्छ भने यो अत्यन्त आवश्यक छ कि तपाईं यो कल्पना गर्नुहोस् कि तपाईंले त्यसलाई पूरा गरिसक्नुभएको छ । किनकि यस्तो मानसिक कल्पनाले त्यो अण्डा उत्पन्न हुनेछ, जसमा यथार्थमा कुखुराको प्रादुर्भाव हुनेछ र यही त्यो स्थान हो, जहाँ तपाईंको जीवनको रूपरेखा तयार हुन्छ । प्रत्येक व्यक्ति यस दृष्टिले एक सिर्जनकर्ता हो कि उसले आफ्नो जीवनको चित्र बनाउँछ, रुपरेखा तयार गर्दछ र त्यसमा रङ्ग भर्दछ ।

हाम्रो जीवनले आफ्नो आदर्शको अनुसरण गर्दछ । हामी त्यही बन्दछौं जे बन्नका लागि हाम्रो हृदयमा उत्कृष्ट हुन्छ । यदि हामी सदा उच्च महान् तथा सुयोग्य बन्ने इच्छा गर्दछौं र फेरि यथाशक्ति त्यसको लागि सचेत रहन्छौं भने हाम्रो स्थितिमा उन्नति असम्भव छैन ।

यस्तो अभिलाषालाई हृदयमा स्थान नदिनुहोस्, जसले उद्देश्यतर्फ उडान भर्न सक्दैन । यस्तो अभिलाषालाई हृदयमा स्थान नदिनुहोस्, जसले तपाईंको प्रकृतिको उन्नतिको मार्गतर्फ प्रवृत्त नगरोस् । तपाईंको आफ्नो कल्पनामा यस्तो अधिकार हुनुपर्दछ कि त्यसले सदैव उच्च उद्देश्यको बारेमा सोचोस् ।

पुष्ट विचारधारा
हृदयमा कुनै विचार नै नल्याउनुहोस्, जसको लक्ष्य उच्च उड्नु र अगाडि बढ्नु हुँदैन । तपाईंको हृदयमा चाहे जेसुकै विचार आओस्, त्यस विचारको, त्यस उद्देश्यको, त्यस वृद्धिको तपाईंको समस्त शरीरमा प्रभाव पर्दछ ।

जब तपाईं आफ्नो विचार बदल्नुहुन्छ र तपाईंको मानसिक दशामा कुनै प्रकारको परिवर्तन आउँदछ, तब तपाईंको शरीरमा पनि त्यस्तै नै परिवर्तन आउँदछ । यदि तपाईंको मानसिक शक्ति क्षीण छ र त्यसलाई बलशाली बनाउन चाहनुहुन्छ भने त्यसको तरिका यो हो कि प्रत्येक समय आफ्नो उद्देश्यलाई सामुन्ने राख्नुहोस्, त्यसैमा विचार गर्नुहोस्, त्यही सोच्नुहोस् र त्यहीअनुसार व्यवहार गर्नुहोस् । यहाँसम्म कि तपाईं त्यस शक्तिलाई मजबुत गर्नुहोस् ।

जुन शक्ति या अंगविशेषका दोष छ र त्यो बढ्दैन भने त्यसलाई बढाउने र शक्तिमान बनाउने यही एक तरिका हो । हामीमा यस्तो शक्ति हुनपर्दछ कि हामी आफ्नो मानसिक मनोरञ्जनको लागि सज्जनतापूर्ण विचार, महान उद्देश्य तथा भव्य कल्पना राख्न सकौं ।

सुन्दर, सुगठ र सच्चा वस्तुमा चिन्तन–मनन् गर्ने र त्यसको बारेमा सोच्नाले हाम्रो मानसिक शक्तिमा बुद्धि हुन्छ । यदि तपाईं लोकप्रिय बन्न चाहनुहुन्छ भने तपाईंले प्रत्येक ठूला–सानासित प्रेम, सहानुभूति तथा विनम्रताको साथ व्यवहार गर्नुपर्दछ र आफ्नो क्षीण र दुर्बल अवयवलाई यति सक्रिय बनाइदिनुपर्छ कि त्यो बलवान बनोस् ।

यदि तपाईं वीर र साहसी हुनुहुन्छ भने अभ्यासद्वारा साहस तथा दृढतामा बृद्धि गर्न सक्नुहुन्छ । आफ्नो चाल–चलनलाई वीरताको जस्तै बनाउनुहोस् र साहसी तथा सुखी बन्ने प्रयत्न गर्नुहोस् ।

फेरि मानिसलाई विश्वास हुनेछ कि तपाईंभित्र एक नयाँ शक्ति छ किनकी तपाईंको सिद्धान्त वा व्यवहार वीरको जस्तै हुन्छ, जसले संसारलाई केही गरेर देखाउन सक्दछ ।

यसकाकारण आज जस्तो कल्पना गर्नुहुन्छ कुनै न कुनै दिन त्यस्तै नै हुनुहुनेछ । के तपाईं जान्नुहुनेछ कि तपाईंको जीवन यति हेय तथा तपाईंको योग्यतालाई ज्यादै साधारण सम्झनुहुन्छ र आफ्नो सोचाइलाई संकुचित गर्नुहुन्छ । जीवनको जुन राम्रो कुराको लागि हामी प्रयत्न गर्दछौं, हाम्रो सन्देह, हाम्रो भय तथा हाम्रो आत्मविश्वासको अभावले यसलाई हामीबाट दूर गरिदिन्छ ।

मूर्तिकारको मस्तिष्कमा मूर्तिको जस्तो नमूना र मोडल हुन्छ, मूर्ति त्यसभन्दा अधिक सुन्दर र आकर्षक बन्न सक्दैन । यसको लागि आवश्यक छ कि उसले आफ्नो मस्तिष्कमा एक भव्य मूर्तिको कल्पना गरोस् । यस पश्चात उसले पत्थर र छिनोले त्यस्तै मूर्तिको सिर्जना गर्न सक्दछ ।

परिस्थिति जतिसूकै प्रतिकूल किन नहोस्, तपाईं सदा आफ्नो सामुन्ने एक उच्च उद्देश्य राख्नुहोस् । यदि तपाईं आफ्नो योग्यताको स्पष्ट कल्पना गर्न सक्नुहुन्छ भने तपाईंको उद्देश्यमा कुनै न कुनै दोष हुनुपर्छ, त्यो साधारण, हेय, वक्र इत्यादि हुनेछ र यी सारा खराबी तपाईंको जीवनमा आउनेछ ।

तपाईंको विश्वास कर्म र कृत्यको स्रोत हो । यदि तपाईं आफ्नो अनुमानअनुसार कम योग्यता राख्नुहुन्छ भने तपाईंको मस्तिष्कमा त्यही कमीको अनुभव जम्नेछ । वास्तवमा तपाईंले महान विभूतिले जस्तो काम गर्न सक्नुहुन्छ ।

यदि तपाईं आफ्नो जीवनमा कुनै प्रकारको परिवर्तन गर्न चाहनुहसन्छ भने त्यो तपाईं आफ्नो मानसिक प्रयत्नद्वारा ल्याउन सक्नुहुन्छ । यो परिवर्तन तपाईंको उद्देश्य, तपाईंको साहसको केवल एक उद्देश्य हुनुपर्छ कि तपाईंले केही बनाउनुहोस्, केही सिर्जना गर्नु, केही प्राप्त गर्नुहोस् ।

त्यस्तो केही बनेर देखाउनुहोस्, जसलाई संसारले आदरको दृष्टिले हेर्न सकोस् । यदि तपाईंले यसो गर्नुहुन्छ भने तपाईंलाई आफ्नो बढेको योग्यताप्रति आश्चर्य लाग्नेछ, तपाईंमा कार्य गर्ने शक्ति बढ्नेछ र त्यस शक्तिमा तपाईं स्वयं विस्मित हुनुहुनेछ ।

स्वेट मार्डनको विचार नै शक्ति हो पुस्तकबाट

Tags :
प्रतिक्रिया दिनुहोस