सुन्तलीको पराई घर « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सुन्तलीको पराई घर


२२ बैशाख २०७४, शुक्रबार


सुन्तली जन्मिएको यो देश कृषि प्रधान नै हो ।

त्यसैले यहाँका धेरै मानिसहरू कृषिमा नै आत्मनिर्भर रहने भएकाले उ एउटा पनि कृषककै छोरी थिई । अनि उ पनि सधैँ नै यहीँका वनपाखामा फुली रहन चाहन्थी ।

प्रसस्तै लालीगुराँसहरू फक्राएर ढकमक्क फुलाउँदै आफू पनि तिनै लालीगुराँस फुले झै फक्रिएको जवानीसँगै उथल पुथल भएका चाहानाहरू फक्रिएर उकाली चढ्दै थिए ।

समयले जो कोहीमा पनि यस्तै चाह बढेका हुन्छन् र उसँग पनि नभएका होइनन् ।

उमेरसँगै छोरीलाई अर्काको जिम्मा लगाई आँगन पोल्न पाउँदा धर्म लुट्न पाइने भन्ने हाम्रो नेपाली समाजका प्रचलनले उनलाई पनि छोएरै छाड्यो । आफन्तले केटा ल्याए यो पहिलो मगनी हो । भगवानले पठाएको भन्दै उनका बाबाले उसैसंग उनलाई सुम्पिदिने सुर कसे ।

उता केटा मौन थियो ।

उसका तर्फबाट उसको भिनाजु बोल्दै थिए । केटीको के छ बिचार ? भनेर सोद्धै थिए । त्यतिकैमा उनकी आमा उठेर आइन् र छोरी तिम्रो चाहाना छ, कि छैन ? भनेर सोधिन् । सुन्तलीले भनिन् –आमा म पढ्छु । अझै ३ बर्ष बिबाहको कुरा नै नगर्नुस् ।

अनि उनकी आमाले बाबाको नजिकै गएर भन्न थालिन् यता सुन्नु न, नानी त पढ्छु भन्दै छे त । उनका बाबाले आमालाई झपार्दै भन्न थाले –कुन छोरीले बाउ–आमासित अब म बिहे गर्छु भनेका छन् र ? तँ चुपलाग् !

यसरी सोधिएको ती सोधाई पनि बाबा आमाले केवल औपचारिकता मात्र पूरा गरेका थिए । यत्तिकैमा दुलाहा बन्न खोजेका केटाले पल्याक पुर्लुक यता उता हेर्दै थिए ।

उता सुन्तली पनि उसैलाई झ्यालबाट नियालेर हेर्दै थिइन, अचानक दुवैको आँखा जुध्यो विचरी सुन्तली लज्जित हुँदै त्यहाँबाट ओझेल परिन् ।

अनि मनमनै सोच्न लागिन, भोलि के हुने हो ? कस्तो स्वभाबको केटा होला ? पारिवारिक माहोल कस्तो छ होला ? मलाई उस्ले माया गर्ला कि नगर्ला ? उ भित्र भित्रै पाकिँदै थिइ,  त्यही बेला आमाले नानी ! भनेर आवाज दिनु भएछ उनि नसुने झैँ बसिरहिन् । किनभने उनलाई थाहा थियो आमाले उनिहरूलाई खाजा पानीहरू दिन बोलाउनु भएको हो भन्ने कुरा ।

तर कुराको बिट मारीसकेको थियो । अझ बिवाहको दिन पनि तोकिँदै थियो । आमाको आज्ञा शिरोधार्य गर्दै सुन्तलीले खाजा पानी लगेर टक्र्याई दिई । अनि खाजा खाँदै तिनै विषयमा गफ चलेका थिए । सुन्तलीले बाबा आमाका निर्णयलाई उल्लङ्घन गर्न सकिन ।

अन्तत्वगोत्वा उनिहरूको बिवाहको दिन तोकेर खाजा खानासाथ बिदावारी भएर निस्के ।

सुन्तलीका बाबा अल्लि परसम्म पुर्याउन जानु भयो । सुन्तली आमासँग खुबै रोई । तर पनि के गर्नु र ? हुने हार दैव नटार भने झै सुन्तली जानै पर्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस