परीक्षाउपयोगी विशेष श्रृखंला १९ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परीक्षाउपयोगी विशेष श्रृखंला १९


२० बैशाख २०७४, बुधबार


 न्यायपालिकाको स्वतन्त्रताका कडीहरु

कुनैपनि देशको न्यायपालिका सक्षम, स्वतन्त्र र शक्ति पृथकीकरणअनुरुप हुनका लागि मूलत तीनवटा आधारहरु वलियो हुनु आवश्यक हुन्छ । ती तीनवटा आधारलाई तलको तालिकामा संक्षिप्तमा उल्लेख गरिएको छः

[table id=5 /]


संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८५ नोभेम्वर २९ मा पारित स्वतन्त्र न्यायलयका लागि आवश्यक सिद्धान्तहरु यसप्रकार रहेका छन्ः

  • न्यायपालिकाको स्वतन्त्रता देशको मूल कानुन वा संविधानमा नै उल्लेख गरिएको हुनुपर्दछ ।
  • कानुनी प्रकृतिका सवै विवादमाथि केवल न्यायपालिकाको मात्रै क्षेत्राधिकार रहनुपर्दछ ।
  • न्यायपालिकाले आफुसमक्ष आएका सवै विवादहरुमा भय त्रास र अनुचित प्रभावबाट मुक्त भएर तथ्यका आधारमा निरोपण गर्न पाउनुपर्दछ ।
  • अदालतबाट भएका न्यायिक निर्णयहरु कुनैपनि निकायका हेरफेरका विषय हुने छैनन भन्ने कुराको ग्यारेन्टी गरिनुपर्दछ ।
  • प्रत्येक व्यक्तिलाई Due process of law वमोजिम साधरण अदालत वा न्यायधिकरणबाट मुद्दाको पुर्पक्ष गर्ने अधिकार हुनेछ ।
  • न्यायपालिकालाई यथोचितरुपमा श्रोत र साधन उपलव्ध गराउने प्रत्येक राष्ट्रको स्वविवेक होइन कानुनी कर्तव्य हुनुपर्दछ ।
  • न्यायिक पदका लागि छानिने व्यक्तिहरु उचित योग्यता हाँसिल गरेको तालिमप्राप्त र इमान्दार हुनुपर्दछ ।
  • न्यायिक पदका लागि छानिने व्यक्तिहरु नागरिकताको आधारमा गरिने विभेदवाहेक अन्य कुनै विभेदका आधारमा छानिनुहुँदैन ।
  • न्यायधिषको पदावधी, सेवा, सुरक्षा, पारिश्रमिक देशको मूल कानुनद्वारा सुरक्षित गरिनुपर्दछ ।
  • एकपटक नियुक्त भैसकेको न्यायधिष कानुनद्वारा अयोग्य भएमा वाहेक उमेरको हदसम्म निरन्तर सेवा गर्न सक्षम रहन्छ भन्ने अनुमान गरिनुपर्दछ ।

 

वस्तुगत प्रश्नहरु

१. तलकामध्ये विश्वको कुन शहरमा २२ डिसेम्वरमा सवभन्दा लामो दिन हुन्छ ?
(क)  मस्को         (ख)  मेलवर्न         (ग)  म्याड्रिड              (घ)  मद्रास

२. अर्थ मन्त्रालयबाट प्रकाशित विकास सहायता प्रतिवेदन २०७२/७३ अनुसार कति प्रतिशत विकास सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन भएको देखाएको छ ?

३. कति तौलका ४ वटा ढकको सहयोगले १ देखि ४० के जी सम्मका वस्तुको तौल लिन मिल्छ ?

४. ८ वटा ८ जोडेर १००० बनाउन सकिन्छ रु सकिन्छ भने कसरी ?

५. If red house is build by red bricks, blue house by blue bricks, black house by black bricks then by what a “Green House” built ?

 

सही उत्तरहरुः

१. (ख) मेलवर्न
२. ६३ प्रतिशत
३. १, ३, ९ र २७ के जी का ढकहरु
४. 888
88
8
8
8
५. Glass

 

छोटो प्रश्नोत्तर

१. चौधौ योजनाले अघि सारेका रणनीतिहरु के के हुन ?

चौधो योजना (२०७३-२०७६) ले लिएका सोँच, लक्ष्य र उद्देश्य पूरा गर्नका लागि अवलम्वन गरिएका ५ रणनीतिहरु यसप्रकार रहेका छः

१. उत्पादकत्व अभिवृद्धिस् कृषि क्षेत्रको रुपान्तरण, पर्यटन, औधोगिक एवम् साना तथा मझौला व्यवसायको विस्तारमार्फत उत्पादन वृद्धि गर्ने ।

२. पूर्वाधार विकासस् उर्जा, सडक तथा हवाइ यातायात, सूचना तथा सञ्चार र ग्रामीण शहरी तथा त्रिदेशीय आवद्धता विकासका लागि पूर्वाधार निर्माण गर्ने ।

३. मानव विकासः सामाजिक विकास र सामाजिक सुरक्षा एवम् सामाजिक संरक्षणमा जोड दिँदै मानव विकासमा उच्च तथा दिगो सुधार गर्ने ।

४. सुशासनः आर्थिक, सामाजिक एवम शासकीय सुधार, कुशल एवम जवाफदेही सार्वजनिक वित्त, स्वच्छ पारदर्शी र जनमैत्री सार्वजनिक सेवा एवम मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै समग्र सुशासन प्रवर्द्धन गर्ने ।

५. Cross cutting issues: लैंगिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विज्ञान तथा प्रविधिको उच्चतम प्रयोग तथा संस्थागत क्षमता बढाउने ।

 

२. टोलिगत कार्यको संक्षिप्त परिचय दिदै कार्यटोलीलाई प्रभावकारी वनाउने तरिका उल्लेख गर्नुहोस् ।

टोलि भनेको त्यस्तो समूह हो, जँहा व्यक्तिहरुले साझा लक्ष्य राख्दै परिपूरक सीप वा क्षमताका साथ अग्रसर हुन्छन् । टोलीमा काम हुँदा व्यक्तिगत र साझा दुवैखाले जिम्मेवारी हुने र सवैको क्षमता र योगदानको पर्याप्त प्रयोग र कदर पनि हुन्छ ।

टोलिगत कार्यलाई प्रभावकारी वनाउने केही उपायहरु यसप्रकार संक्षेपीकृत गर्न सकिन्छः

• प्रष्ट र साझा लक्ष्य
• टोलीको निर्माणकै क्रममा उपयुक्त सदस्यहरुको चयन
• भूमिका र जिम्मेवारीको प्रष्ट विभाजन
• गर्नुपर्ने कामको योजना
• समूह गतिशीलताको उच्च प्रयोग
• प्रेरणादायी नेतृत्व

 

तपाई लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यो पढ्नुहोस्

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि १८ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस