निर्वाचन आचार संहिता विपरित चार सचिवको सरुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

निर्वाचन आचार संहिता विपरित चार सचिवको सरुवा


प्रशासन विशेष ब्युरो

१३ बैशाख २०७४, बुधबार


काठमाडौं । सरकारले निर्वाचन आचार संहिता विपरित चार जना सचिवको सरुवा गरेको छ । वुधवार वसेको मन्त्रिपरिषद वैठकले निर्वाचन आचार संहिता विपरित विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको हो ।

वैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश कुमार थपलियालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । थपलिया संघीय मामिला तथा स्थानीय विकासमा अनुभवी प्रशासकको रुपमा चिनिन्छन् ।

यसैगरि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार वहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै मन्त्रिपरिषद् वैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीत प्रसाद महतोलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणमा र पुर्ननिर्माण प्राधिकरणका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस