परीक्षोपयोगी विशेष श्रृंखला १८ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परीक्षोपयोगी विशेष श्रृंखला १८


१३ बैशाख २०७४, बुधबार


हरित अर्थतन्त्रको चिनारी

उत्पादन, वितरण, उपभोग लगायतका अर्थशास्त्रीय गतिविधिमा वातावरणमैत्री कार्यढाँचाको प्रयोग गर्नु नै हरित अर्थतन्त्र हो । आर्थिक निर्णय निर्माणमा वातावरणीय सरोकारका विषयहरु उठान गर्नु यसको विशेषता हो । यस मान्यताले प्राकृतिक पुँजी र वातावरणीय परिणामप्रति असंवेदनशील विकास दिगो हुन नसक्ने ठोकुवा गर्दछ । अर्को शव्दमा प्राकृतिक पुँजीभण्डारको पुनर्भरणसहितको प्रयोगमा हरित अर्थतन्त्रले जोड दिन्छ । पहिले वृद्धि र अनि मात्र व्यवस्थापन भन्ने परम्परागत अवधारणालाई चुनौति दिँदै खासगरी हरित गृह ग्यासको उत्पादन न्युन गर्ने, साधनको उपयोगमा कार्यकुशलता ल्याउने र सामाजिक समावेशीकरण हरित अर्थतन्त्रका प्रमुख तीन पक्षहरु हुन् ।

According to UNEP (2010) green economy is defined as one that results in improved human wellbeing and social equity, while significantly reducing environmental risk and ecological scarcities.

Stakeholder Forum, Rio+20, 2012 ले अघि सारेका हरित अर्थतन्त्र (Green Economy) का प्रमुख सिद्धान्तहरु यसप्रकार रहेका छन्ः

• समतामुखी वितरण
• सूचना, सहभागिता र जवाफदेहिता
• उत्पादन र उपभोगमा दिगोपना
• न्यायपूर्ण संक्रमण
• Redefinition of wellbeing
• लैंगिक समता
• जैविक विविधताको संरक्षण र प्रदुषण नियन्त्रण
• अधिकारको रुपमा विकास
• जलवायुमैत्री र हरित प्रविधि प्रयोग
• स्वच्छ व्यापार संचालन
• नवीकरणीय उर्जाको प्रयोग
• न्युन कार्वनयुक्त यातायात, सफा प्रविधि र दिगो कृषिमा लगानी

 

वस्तुगत प्रश्नहरु

१. वर्तमान संविधानले कतिवटा विषयलाई राष्ट्रिय हितका आधारभूत विषयहरु मानेको छ ?

२. सार्वजनिक प्रशासनका पिता भनेर कसलाई चिनिन्छ ?
(क) एडम स्मिथ             (ख) म्याक्स वेवर             (ग) विड्रो विल्सन             (घ) हेनरी फयोल

३. चीनका राष्ट्रपति सि जिन पिङले One Belt One Road (OBOR) Initiatives  को घोषणा सर्वप्रथम सन् २०१३ मा कुन देशबाट गरेका थिए ?

४. वायुमण्डलको यत्रतत्र प्राणवायु रहेजस्तै प्रशासनको सम्पूर्ण गतिविधिमा……………………. को उपस्थिति रहन्छ । भन्ने भनाइको खाली स्थानमा कुन शब्द मिल्दछ ?
(क) अक्सिजन                           (ख) अर्थ                       (ग) जनशक्ति                 (घ) समस्या

५. १० घण्टा समय लाग्ने यात्रामा पहिलो आधार दूरी प्रति घण्टा २१ किलोमिटर र बाँकी आधा दूरी प्रति घण्टा २४ किलोमिटर पार भयो भने जम्मा कति दूरी पार भयो होला ?
(क) २२० कि मी                   (ख) २२४ कि मी                    (ग) २३० कि मी                 (घ) २३४ कि मी

 

सही उत्तरहरुः
१. १० वटा
२. (ग) विड्रो विल्सन
३. कजाकस्तान
४. (ख) अर्थ
५. (ख) २२४ कि मी

 

छोटो प्रश्नोत्तर

१. राष्ट्रिय भूउपयोग नीति, २०६९ ले गरेको वर्गिकरणअनुसार रहने ७ क्षेत्रहरु कुन कुन हुन् ?

कानुनको अभावमा कार्यान्वयनको प्रतिक्षामै रहेको राष्ट्रिय भूउपयोग नीति, २०६९ ले नेपालको भूभागलाई देहायका ७ वटा क्षेत्रमा विभाजन गर्ने उल्लेख गरेको छ:

१. कृषि क्षेत्र
२. आवासीय क्षेत्र
३. व्यवसायिक क्षेत्र
४. औधोगिक क्षेत्र
५. वन क्षेत्र
६. सार्वजनिक उपयोगको क्षेत्र
७. आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रहरु

 

२. नेपालको सुशासन कानुनका अनुसार सार्वजनिक निकायहरुले प्रयोगमा ल्याउनुपर्ने औजारहरु के के हुन् ?

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुसार परिवर्तित सन्दर्भमा नेपालका सार्वजनिक निकायहरुले सुशासन स्थापनाका लागि प्रयोगमा ल्याउन सिफारिस गरिएका विधि, संरचना र कार्यप्रकृयालाई मूलत देहायका वुँदामा समेट्न सकिन्छ ?

• कार्यसञ्चालनका आधारहरु
• मार्गनिर्देशक नीतिहरु
• विभिन्न तहका प्रशासनिक पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको किटान
• कार्यालय निरीक्षण
• कामको प्राथमिकीकरण
• अनुगमन तथा मूल्यांकन समिति
• सूचना तथा सञ्चार प्रविधिको प्रयोग
• प्रवक्ता तोक्ने कार्य
• सल्लाहकारको नियुक्ति
• पदीय तथा पेशागत आचारणको पालना
• सेवाग्राहीको गुनासो व्यवस्थापन
• सार्वजनिक सुनुवाइ र यसको कार्यविधि
• शासकीय सुधार इकाइको स्थापना
• घुम्ति सेवा सञ्चालन
• नागरिक वडापत्रको प्रयोग
• सार्वजनिक चासोका विषयमा नागरिक समाज र सरोकारवालाहरुसँग अन्तरकृया
• प्रष्ट आधारका साथ पुरस्कृत गरी काममा प्रोत्साहन

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि १७ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस