गजल « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

गजल


२ बैशाख २०७४, शनिबार


मैले एक्लै बस्नु पर्यो अजनवी सहरमा
निष्ठुरीको डेरा सर्यो अजनवी सहरमा

विवशतामा बाँच्न मैले गुमाएको सबकुछ
थियो एउटै तारा झर्यो अजनवी सहरमा

देख्छु सधैं हराएछ नपाइने भयो
पार भयो खोला तर्यो अजनवी सहरमा

जति खोजे पाईन्न जहाँ आफन्तको माया
मायाले नै बर्बाद गर्यो अजनवी सहरमा

मतलवीका फेला परे लागिदैन पार
के छोड्यो, र ? सबै हर्यो अजनवी सहरमा

प्रतिक्रिया दिनुहोस