Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७४, शुक्रबार


ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताएकी छिन् ।

प्रथम थोले देम्बा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपछि भण्डारीले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताइन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

उनले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पु¥याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,“ऊर्जाशील युवाको जोश, जागर, ऊर्जा, सीप, अतिथ्यता, भाषाकुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो ।”

स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ ।

उनले ओखलढुङ्गा आउँदा ‘मेरो प्यारो ओखलढुङ्गा’ नामको कालजयी रचनाद्वारा ख्याति आर्जन गर्न सफल युगकवि सिद्धिचरण श्रेष्ठकको स्मरण समेत गरिन् ।

राष्ट्रपति भण्डारीले सदियौँदेखि बसोवास गर्ने विभिन्न जातजातिले थोले देम्बालाई पवित्र र सम्मानित स्थान मानेर देशको उत्तरोत्तर प्रगति, भातृत्व र एकता तथा विश्व शान्तिको कामना गर्ने परम्परा रहेको बताइन् ।

‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियानः स्थानीय वेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको महोत्सवमा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले विकासका लागि पर्यटन विकासमा ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी तीन दिनसम्म चल्ने यस महोत्सवमा सांसदहरु शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, यज्ञराज सुुनुवारलगायत पर्यटन विकासमा आफूहरुले सक्ने सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस