Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोक्न दुवै देशका अधिकारी सहमत


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


इटहरी । सशस्त्र प्रहरी बल बराह बाहिनी, पकली मुख्यालय, इटहरी र भारतको सीमा सुरक्षा बल, सिलिगुडी र सिक्किमबीच इटहरीमा सम्पन्न भएको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिलाई मिलेर नियन्त्रण गर्ने विषयमा सहमति गरेको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक र भारतका समकक्षी उच्च प्रहरी अधिकृतबीच हरेक चार महिनामा गरिँदै आएको बैठकअन्तर्गत सोमवार भएको बैठकले नेपालमा निकट समयमा नै हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने विषयमा सचेतनापूर्वक काम गर्ने पनि सहमति बनेको सशस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय पकलीका प्रमुख जानकीराज भट्टराईले पत्रकार सम्मेलनमा बताए ।

बैठकले दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिसँगै अवैध हातहतियार ओसारपसार लागुऔषधको कारोवार तथा राजनीतिक वृत्तमा गरिने गलत क्रियाकलापलाई समेत दुवै देशको सुरक्षा निकायबीच नियमित संवाद एवम् सम्पर्क स्थापित गरेर त्यस्ता अवाञ्छित कार्य रोक्न भरभग्दुर प्रयास गर्ने पनि सहमति भएको उनले बताए ।

बैठकमा कुनै पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई दुवै देशका सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलको सहकार्यमा नियन्त्रण गरिने र त्यसका लागि दुवै देशका सुरक्षा अधिकारीबीच निरन्तर सञ्चार सम्पर्क कायम राख्ने विषयमा पनि सहमति बनेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा सिलिगुडीका सीमा सुरक्षा बलका प्रहरी नायब महानिरीक्षक बन्धन सक्सेनाले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई मिलेर नियन्त्रण गर्ने तथा सीमा स्तम्भलाई चुस्त दुरुस्त राखी जीर्ण भएका सीमा स्तम्भको मर्मतमा समेत विशेष ध्यान दिने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस