परीक्षा उपयोगी विशेष श्रृंखला ११ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परीक्षा उपयोगी विशेष श्रृंखला ११


२५ फाल्गुन २०७३, बुधबार


 

जीवन दर्शन सम्वन्धी केही मननीय भनाई

हरेक मान्छेले आफ्नो जन्मभूमि, कर्मभूमि र आफ्नो कार्यक्षेत्रलाई आफु आउदाको बेलाको भन्दा जाँदाको बेला थोरै भएपनि सफा र शुद्ध पार्न सक्यो भने पुग्छ ।

स्वर्गीय साहित्यकार जगदिश घिमिरे

It is risk of failure rather than rewards of success that keep people innovative.

Michael E. Porter

Beauty in character brings righteousness in heart, it brings harmony in a family, order in a nation and ultimately peace in the world.

A P J Abdul Kalam

जीवन एक अवसर हो, यसबाट लाभ लेउ । जीवन सौन्दर्य हो, यसलाई प्रशंसा गर । यो आनन्द हो, स्वाद लेउ । जीवन सपना हो, महसुस गर । यो चुनौति हो, स्वीकार गर । जीवन कर्तव्य हो, पूरा गर । यो खेल हो, खेल । जीवन गीत हो, यसलाई गाउ । जीवन संघर्ष हो, यसलाई पूरा गर ।

मदर टेरेसा

युक्ताहार बिहारस्य युक्त चेष्टस्य कर्मसु
आहार शुद्धौ खलु सत्व शुद्धि सत्व शुद्धौ ध्रुवा स्मृति ।
अर्थात आहार बिहार नियमित गर्नु मात्र पनि आफैमा योग हो । आहार शुद्ध नभै मन शुद्ध हुँदैन र मन शुद्ध नभै व्यवहार शुद्ध हुँदैन ।

गीता

 

वस्तुगत प्रश्नहरु 

१. केही संख्यामा घोडा लिएर ती घोडाका मालिकहरु वजार जाँदै थिए । आधा संख्याका घोडामा मालिकहरु चढेका थिए भने अरु बाँकी पैदलै हिँडेका थिए । भुँइमा टेकेका खुट्टाको कूल संख्या ७० थियो भने जम्मा घोडाको संख्या कति थियो ?

      (क) १०             (ख) १२       (ग) १४       (घ) १६

 

२. २१ जना केटीहरुको पङ्तिमा सिर्जना ४ स्थानले दाहिनेपट्टी सरेकी छ । उ देव्रेवाट बाह्रौ स्थानमा पर्छे । दाँयातर्फको छेउबाट उसको स्थान यसअघि कतिऔँ थियो होला ?

      (क) ९ औँ           (ख) १० औ          (ग) ११ औ    (घ) १४ औ

 

३.  Rank in Job अन्तर्गत पदवर्गिकरण (Position Classification System) लागू गर्ने पहिलो सार्क सदस्य राष्ट्र कुन हो ?

४. कुन भाषामा अभिवादन/नमस्कार गर्दा “टासि देलेक” भनिन्छ ?

५. रु १ को नोटमा अंकित “चखेलीको लेक” कुन जिल्लामा पर्दछ ?

 

सही उत्तरहरु:

१. ग          २. घ          ३. भुटान        ४. शेर्पा         ५. मुगु

 

 

छोटो प्रश्नोत्तर

१. स्थानीय तहको निर्वाचन, २०७३ सम्वन्धी आचारसंहिताका मुख्य मुख्य प्रावधानहरु उल्लेख गर्नुहोस् ।

आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले २०७३ फागुन १८ गतेदेखि लागू हुनेगरी आचार संहिता जारी गरेको छ । सरोकारवालाको परामर्शमा आयोगले तयार पारेको आचारसंहिता २ पृष्ठ लम्वाइको र सातवटा वुँदामा समेटिएको छ ।

आचार संहिता लागू हुने संस्था, व्यक्ति, निकाय तथा अधिकारीहरुको सूचिमा मन्त्री, स्थानीय तह एवं निकायका कर्मचारL, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी, सरकारी तथा संस्थानका कर्मचारी, राजनैतिक दल तथा तिनका भातृ संगठन, उमेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति समेटिनेछन् ।

निर्वाचनमा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणको हकमा उमेदवारको पद हेरी १ देखि २ हलुका सवारी साधन र १ देखि २ मोटरसाइकल प्रयोग गर्न पाउने तथा सवारी साधन नचल्ने स्थानको हकमा बढीमा २ वटा घोडा प्रयोग गर्न पाउने व्यवस्था छ । एउटा उमेदवारको नाउँमा स्वीकृत वा प्रयोग भएको साधन अन्य उमेदवारले प्रयोग गर्न नहुने स्पष्ट प्रावधान रहेको
छ ।

आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ वमोजिम कारवाही हुने भनिएको छ जसअनुसार आचारसंहिता उल्लंघनको कृयाकलाप रोक्ने, १ लाख सम्म जरिवाना गर्ने देखि उमेदवारी रद्द गर्ने सम्म रहेको छ । यो आचारसंहिता उल्लेख नभएका कुरामा निर्वाचन आचारसंहिता, २०७२ लागू हुने भन्ने पनि उल्लेख छ जसमा निर्वाचन कार्यक्रम स्थलका गतिविधिलाई व्यवस्थित गर्न अनुकुल व्यवहारहरुको उल्लेख गरेको छ ।

 

. वर्तमान समयमा वैश्विक शासन (Global Governance) का मुख्य सवालहरु के के हुन् सूचि वनाउनुहोस् ।

विभिन्न तहमा रहने वैश्विक शासनका सामु आजका दिनमा देखा परेका साझा सवालहरुलाई निम्नवमोजिम सूचिकृत गर्न सकिन्छ :

१. एकभन्दा वढी देशको सरोकार रहेको शान्ति सुरक्षा सुदृढ गर्ने विषय

२.  जलवायु परिवर्तनको असर कम गर्ने उपायको खोजी

३. आतंकवादविरुद्धको लडाँई

४.  दिगो विकास गतिविधि संचालन गर्दै गरिवी घटाउने

५. मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन र मानवीय सहायता आदानप्रदान

६. सीमापार हुने संगठित अपराध नियन्त्रण जस्तै: भ्रष्टाचार र गैरकानुनी लगानी

७. आणविक हतियार प्रयोग हुन नदिने र यस अघि रहेका हतियार नष्ट गर्ने विषय

८. विज्ञान प्रविधि तथा नवप्रवर्तनमा साझेदारी

९. वाहिरी अन्तरिक्षको खोजी र प्रयोग

१०.  Cyber space को प्रयोग र नियमन

११. अन्तराष्ट्रिय कानुनको विकास र परिमार्जन

१२. मानवीय खुशी प्रवर्द्धन गर्ने उपायको खोजी

 

नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि १०सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । सम्पादक 

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस