परीक्षापयोगी विशेष श्रृंखला ९ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परीक्षापयोगी विशेष श्रृंखला ९


११ फाल्गुन २०७३, बुधबार


पुँजिगत खर्च बढाउने ५ तरिका

  • वजेट तयार गर्ने कामलाई अध्ययन, माग तथा इकाइ दर विश्लेषणमा आधारित वनाउने । मात्र सोँच वा लक्ष्य दिने एवं वजेट पारित गर्ने विधिमा मात्र राजनीतिकरणको प्रयोग गर्ने ।
  • तयारी विनाका र टुक्रे कार्यक्रम प्रस्ताव नै नगर्ने तथा गतविगतदेखि वाँकी रहेका क्रमागत कामलाई वजेटको व्यवस्था गरेर मात्र नयाँ कार्यक्रमलाई स्रोत विनियोजन गर्ने । त्यस्तै खरिद, करार लगायत आयोजना व्यवस्थापनका समग्र पक्षका वारेमा संलग्न जनशक्तिलाई प्रशिक्षणको व्यवस्था गर्ने ।
  • सुधारको सुनिश्चितताको म्यान्डेडसहितको अनुगमन (जिल्ला, मन्त्रालय र राष्ट्रिय तहमा) को व्यवस्था गर्ने । Progress Tracking and Follow up लाई निरन्तरता दिने ।
  • राम्रो कामको मूल्यांकन र प्रचारप्रसार गर्ने तथा काममा ढिलासुस्ती गर्नेको नामावली सार्वजनिक गर्ने । साथै कुन कर्मचारीले कहाँ के कस्तो उदाहरणीय काम गर्यो वा उदासीन रह्यो भन्ने विवरण तथा कुन निर्माण व्यवसायी वा परामर्शदाता वा आपूर्तिकर्ताले के कस्तो कामको लागि कुन कुन कार्यालयसँग सम्झौता गरी काम गरिरहेको छ भन्ने जानकारी अनलाइन मै पाउने व्यवस्था मिलाउने ।
  • खर्चका आधार, स्थानविशेषमा वस्तु वा सामानको मूल्यमा एकरुपता रहने व्यवस्था तथा खर्च हुने काममा पर्याप्त स्रोतको व्यवस्था गर्न थप लचकता अपनाउने ।

वस्तुगत प्रश्नहरु

१. मृत व्यक्तिको शरीरबाट मुटु झिकेर जिवित व्यक्तिमा सफल प्रत्यारोपण गर्ने पहिलो नेपाली चिकित्सक को हुन् ?

 

२. नेपालमा सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र (Special Economic Zone, SEZ) कुन स्थानमा रहेको छ ?
(क)  पर्सा वीरगञ्ज                                                                     (ख) मोरङ विराटनगर
(ग)  रुपन्देही भैरहवा                                                               (घ)  बाँके नेपालगञ्ज

 

३. हालसम्म सूचनाको हकसम्वन्धी कानुन जारी गर्ने १०४ देश छन् । यस्तो कानुन तर्जुमा गर्ने समयलाई हेर्दा नेपाल कतिऔँ स्थानमा पर्दछ ?
(क)  ३३                                                                                       (ख)  ४४
(ग)  ११                                                                                         (घ)  २२

 

४. धार्मिक सांस्कृतिक सम्पदाको दृष्टिले नेपाल धनी देश हो । सुदुरपश्चिममा रहेका देवी मन्दिरहरुमध्ये ७ वटा मन्दिरलाई सात बहिनी देवी पनि भन्ने गरिन्छ । ती मध्ये जेठी देवी भनेर कुनलाई चिनिन्छ ?

५. तल दिइएका तीनवटा त्रिभुज तथा ती त्रिभुजको ३ वटा विन्दुमा रहेका अंकहरुको क्रम तथा सम्वन्ध हेरेर ?  लेखिएको स्थानमा उपयुक्त हुने संख्या पत्ता लगाउनुहोस् ?

सही उत्तरहरु :

१. डा. कुमुद धिताल

२. (ग) रुपन्देही भैरहवा

३. (घ)  २२

४. बाजुरामा पर्ने बडिमालिका (अन्य डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको निंगलाशैनी र त्रिपुरासुन्दरी)

५. 2

 

छोटो प्रश्नोत्तर

१. नेपालमा भैरहेको सहरीकरण र सहरी विकासको छोटकरी चर्चा गर्नुहोस् ।

नेपालमा सहरी क्षेत्रको विस्तार (सहरीकरण) द्रुतरुपमा भैरहेको छ । हालसम्म घोषित नगरपालिकामा वसोवास गर्ने जनसंख्यालाई आधार मान्दा ४२ प्रतिशतभन्दा वढी जनसंख्या सहर वा सहरउन्मुख क्षेत्रमा वस्ने भएको छ । सहर वढ्दैजाँदा ग्रामीणक्षेत्र घट्न जाने र सुविधाहरु वढ्ने सामान्य मान्यता भएकोले सहरीकरणलाई विकासको एउटा सूचक समेत मानिन्छ । तर के हामीकहाँ सहरीकरण अनुसार सहरी विकास भएको छ त रु यो भने अहम प्रश्न हो ।

सहरीकरण वढेसँगै सहरी सुशासन कायम गर्ने चुनौतिसमेत बढेको छ । तथ्यांकले ग्रामीण क्षेत्रको तुलनामा सहरमा धनी र गरिववीचको असमानता बढी देखाएको छ । सहरी पूर्वाधारको कमजोर अवस्था, योजनावद्ध सहरीकरण र निर्धारित मापदण्डको प्रयोगमा रहेको उदासीनताका कारण हालसम्मका सहरहरु दिगो, सुन्दर, सुविधासम्पन्न बनेका छैनन । जथाभावी वनेका वस्ती र बनेका पूर्वाधारमा रहेका र रहन सक्ने त्रुटी सच्याएर भएपनि सहर भन्न लायक बनाउनुछ । दिगो विकास लक्ष्यले समेत सहर तथा समुदायलाई दिगो वनाउने घोषणा गरेको छ । त्यस्तै नयाँ विस्तारर हुँदै गरेका सहर, वजारलाई व्यवस्थित गर्न, प्रविधिमैत्री बनाउन एवं ग्रामीण सहरी अन्तरसम्वन्ध समेत विकास गर्ने गरी नीति तथा कार्यक्रम बनाएर कार्यसम्पादन गर्नुपर्ने भएको छ । एकिकृत सहरी विकास, सघन सहरी विकास कार्यक्रम, स्मार्ट सिटी, स्याटेलाइट सिटी, मध्यपहाडी राजमार्ग तथा हुलाकी राजमार्गमा पर्ने गरी नयाँ सहर स्थापनाको काम प्रारम्भ हुनुलाई नेपालमा सहरी विकासको नवीनतम थालनीका रुपमा लिन सकिन्छ ।

सहरी विकासलाई सहभागितामूलक र जनमैत्री, समावेशी, वातावरणमैत्री र भविष्यमैत्री बनाउँदै विकेन्द्रित मोडललाई समेत आत्मसात गर्न सके सहरी विकासमार्फत समृद्ध नेपालमा योगदान पुग्न सक्ने देखिन्छ ।

 

२. सम्झौधता वार्ता प्रकृयामा प्रयोगमा ल्याउन सकिने रणनीति र तकनिकी (Tactics) सम्वन्धमा चर्चा गर्नुहोस् ।

दुई वा दुईभन्दा बढी पक्षका वीच कुनै उद्देश्य प्राप्तिका लागि गरिने छलफल वा संवाद नै वार्ता हो भने वार्ताबाट कुनै टुंगो वा निश्कर्षमा पुगी त्यसलाई लिपिवद्ध गर्ने कामलाई सम्झौता भनिन्छ । वार्तालाई १ विद्या १४ चतुर्याईँ आवश्यक पर्ने व्यवस्थापन कला त्यसै भनिएको पक्कै पनि होइन ।

वार्ताका वखत व्यक्ति वा विषय के लाई ज्यादा महत्व दिने हो  । के कस्ता सीपहरु वार्ताकारमा हुनुपर्दछ । भाषा, अन्तरसांस्कृतिक संवेदनशीलता, वार्ताटोलीको संरचना र आकार के कस्तो हुने । के कस्तो चरण अपनाउने, खाना वा भ्रमणका के कस्तो प्रवन्ध गर्दा वातावरण थप अनुकूल हुन्छ । जस्ता विषयहरुमा स्पष्ट भै तदअनुसार व्यवहार गरिनु वार्ताको सफलताका लागि महत्पूर्ण हुन आउँछ । तथापि यी वाहेक पनि वार्ताको क्रममा अपनाउन सकिने केही रणनीति र तकनिकीहरु सम्वन्धमा यहाँ संक्षिप्तरुपमा उल्लेख गरिएको छ ।
वार्तका पक्षवीच के कस्तो मनमुटाव छ वा के कस्तो अवसरको प्रयोग गर्नुपर्नेछ भन्ने आधारमा इन्कार गर्ने, आफ्नो दावीलाई नछोड्ने, समर्पण गर्ने, सम्झौता गर्ने वा साझेदारी गर्ने जस्ता रणनीतिको प्रयोग गर्नुपर्दछ । त्यस्तै सुँहाउदो तकनिकीको रुपमा साझा विन्दु पहिल्याएर जाने हो कि, असहमतीका विषयहरुलाई उजागर गर्दै समस्यालाई थप गम्भीर भएको आभाष दिने हो कि समस्या समाधानका लागि अर्को पक्षउपर बल नै प्रयोग गर्ने हो रु यी विषय वार्ताकारका लागि औजार नै हुन् ।

भनिन्छ कि सृजनात्मक कौशलको प्रयोग गरी विपक्षमा रहेका वार्ताकारको दिमाखमा आँधि ल्याउन सक्नुपर्दछ । उपयुक्त विषय र परिस्थितिमा उपयुक्त रणनीति र तकनिकी (Tactics)  को प्रयोग गर्नु वा त्यसैअनुरुपको भावभंगी प्रदर्शन गर्नसक्ने वार्ताकार नै सफल भएको पाइएको छ । सफल वार्ताकार समेत रहनुभएका यदुनाथ खनालले वार्ताकारमा विस्तृत ज्ञान आवश्यक पर्ने र पर्याप्त तयारी विना वार्तामा वस्न नहुने विचार राख्नुहुन्छ भने पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले आफ्नो कोर्टमा बल भएका वखत वार्ता प्रकृयालाई टुंगो लगाउनुपर्ने विचार राख्नुभएको छ । त्यस्तै Ury and Fisher को पुस्तक Getting to Yes मा वताएजस्तै व्यक्ति र सबाललाई अलग राख्ने, आफ्नो स्थान र रुचीको भेद पत्ता लगाउने, वार्ताका माध्यमबाट न्युनतमरुपमा हाँसिल गर्नुपर्ने नतिजाको सीमांकन गर्ने, वस्तुगत तर्कको प्रयोग गर्ने तथा प्रतिकृयामा उत्रनुभन्दा विधिको पालना गरी मौन रहनु नै श्रेयस्कर हुने देखिन्छ । यति भन्दा भन्दै पनि वार्तामा प्रयोग हुने रणनीति र कुटनीतिक चाल भनेको विषयवस्तु र तत्कालिन परिस्थितिले निर्देशित गर्दछ ।

नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ८ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । सम्पादक 

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस