देश ‘नयाँ नेपाल निर्माण’मा तदारुकताका साथ लागेको दशकौं भैसकेको थियो । हो साँच्चै, देश अब पुरानो थिएन ।
विकास निर्माणको गति यस्तरी अघि बढ्दैथियो कि नभत्काइएका सडक, नखनिएका पाइप लाइन, नलुछिएका बिजुलीका तार, नचिरिएका जमिन, नखोतलिएका नदिनाला, नथर्काइएका पाखा–पखेरा कतै कुनै बाँकी थिएनन् । राजधानी शहर त झन् यति द्रुतगतिमा अस्तव्यस्त थियो कि धुलो र हिलोको प्रकोपले त्यहाँका बासिन्दा या त छुचुन्द्रोजस्ता, या त हिलेमाछा जस्ता देखिन्थे ।
‘काकाकुल’ नाम पाएका राजधानीबासीहरू मजबुत बाँध बाँधेर सुरुङ्गबाट आउने पानीले जलसागर प्राप्तीको सपना त देख्दै थिए । तर उनीहरुको धैर्यको बाँध भने टिक्न सकेन र उर्लियो जनसागर, नारा लगाउँदै–
जनताको स्वास्थ्यमा खेलबाडः बन्द गर !
– भ्रष्टाचारीलाईस् कारबाही गर !
– गद्दार सरकारस् राजिनामा दे !
…………. ……………. ………………
…………. ……………. ……………..
घुँडा टेक्नै पर्यो सरकारले, र राजधानीबासीका नाममा विज्ञप्ति जारी गर्यो
– हामीले हाम्रा मित्रराष्ट्रहरूबाट हालसम्म सहयोगस्वरूप प्राप्त गरेको रकमबाट पाइपहरू हाल्ने खाल्डाहरू खनेका हौं ।
– थप सहयोगकालागि अनुरोध–पत्रहरू पठाइसकेका छौं । प्राप्त हुनासाथ खाल्डाखुल्डी पुर्ने कार्यको थालनी हुनेछ ।
– साथै भत्काइएका सडकहरू पिच गर्नाकालागि सहयोगको पुनःयाचना गरिने छ ।