परीक्षापयोगी विशेष श्रृंखला ६ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परीक्षापयोगी विशेष श्रृंखला ६


प्रशासन विशेष ब्युरो

१९ माघ २०७३, बुधबार


लोक सेवा तयारी

सरकारी सेवाका आकर्षणका प्रमुख विन्दुहरु

  • योग्यता र क्षमताका आधारमा सेवा प्रवेशको व्यवस्था रहेको ।
  • सुविधावन्चित समूह वा समुदायका न्युनतम योग्यता पुगेका उमेदवारलाई आरक्षणको व्यवस्थाबाट सरकारी सेवामा सीमित प्रतिस्पर्धाबाटै प्रवेश गराउने विशेष कानुनी व्यवस्था गरिएको ।
  • सेवाको सञ्चालन र व्यवस्थापनका लागि कानुन, कार्यविधि, आचारसंहिता, संगठनहरुको प्रयोग हुने हुँदा Predictability and uniformity रहने । सेवाको सुरक्षा सुदृढ रहेको ।
  • देशविदेशको ज्ञान लिने, रुचिको क्षेत्रमा क्षमता विकास गर्ने र समाज सेवा गर्ने मौकासमेत प्राप्त हुने ।
  • वृत्ति विकास गर्दै उच्च पदमा पुगी नेतृत्व सम्हाल्ने संभावना हुने ।

 

वस्तुगत प्रश्नहरु

१. यदि आँखालाई हात, हातलाई मुख, मुखलाई कान, कानलाई नाक, नाकलाई जिव्रो भनिन्छ भने तलका मध्ये कुन अंगको सहायताले मानिसले सुन्छ ?

(क) आँखा           (ख) नाक      (ग) मुख      (घ) कान

२. विश्वप्रसिद्द् टेलिभिजन कम्पनी National Geographic ले प्रदान गर्ने Adventure of the Year, 2017  को उपाधीपाउन सफल नेपाली खेलाडी को हुन् ?

३.नौ शव्द भएको कुन अंग्रेजी वाक्यका प्रत्येक शव्दको पहिलो अक्षरहरुले नौ ग्रहको पहिलो अक्षर जनाउँदछन्?

४. अर्थशास्त्रका पीता भनेर एडम स्मिथलाई चिनएजस्तै विश्व पर्यटनका पीता भनेर कसलाई चिनिन्छ?

५. तल दिइएको A, B, C, D ले प्रश्न चित्र समूह र 1, 2, 3, 4 ले उत्तर चित्र समूह जनाउँदछन् । A र B वीच जस्तो सम्वन्ध C र D मा स्थापित हुन D को स्थानमा 1, 2, 3, 4  मध्ये कुन चित्र उपयुक्त होला ?

 

सही उत्तरहरु :

१. ख नाक                    २. मीरा राई            ३. My Very Educated Mother Just Showed Us Nine Planets

४. थोमस कुक (UK)           ५. 1

 

छोटो प्रश्नोत्तर

. अर्थतन्त्रको बाह्य क्षेत्रमा के के पर्दछन् ? नेपालको व्यापार असन्तुलनका प्रमुख कारणहरु समेत औल्याउनुहोस् ।

कुनै देशको अर्थतन्त्रको त्यो खण्ड जसमा अन्य देशको अर्थतन्त्र जोडिएको हुन्छ त्यसलाई नै बाह्य अर्थतन्त्र भन्ने गरिन्छ । खासगरी वस्तुवजारमा आयात तथा निर्यात एवं वित्तीय वजारमा पुँजीको प्रवाह (जस्तो FDI) बाह्य अर्थतन्त्रका विषय हुन् । भुक्तानी सन्तुलन, Terms of trade, चालु खाता, पुँजीगत खाता, वाह्य ऋण, विनिमय दर, वाह्य मुद्राको संचिति, अन्तराष्ट्रिय लगानीको अवस्थाजस्ता विषयहरु बाह्य अर्थतन्त्रमा पर्दछन् ।

नेपालको अन्तरदेशीय व्यापारको आँकडा हेर्ने हो भने निर्यातको तुलनामा आयाता ११ गुणाभन्दा पनि वढि पुगेको अवस्था हेर्दा व्यापार घाटा चुलिदै गएको छ । यसबाट भुक्तानी सन्तुलन विग्रने जोखिम वढेको छ । यसरी व्यापार असन्तुलन वढ्नुका प्रमुख कारणहरु यसप्रकार रहेका छन् :

 

  • व्यापार नीति र रणनीतिमा प्रष्टता नआउनु तथा अन्य नीतिहरुसँग तादात्म्यता कायम नहुनु ।
  • उत्पादकत्व कम हुनु र उत्पादन भएका वस्तुहरु पनि न्युन मूल्य अभिवृद्धि हुने खालका हुनु ।
  • व्यापार सहजीकरणमा कमजोरी रहनु तथा वस्तुगत र देशगत व्यापार विविधिकरण कमजोर हुनु ।
  • व्यापार प्रवर्द्धनका लागि पर्याप्त पूर्वाधार विकास नभैसक्नु ।
  • आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु, Research and Development मा कमै ध्यान दिइनु ।
  • विलासिताका वस्तुहरुको अनियन्त्रित प्रवेश पाउनु
  • रेमिटेन्सको वृद्धिसँगै उपभोगमुखी प्रयोग हुनु ।
  • भूपरिवेष्ठित देश भएकाले समय तथा लागत वढी हुनु
  • छिमेकी देशको वजारलाई हेरी तुलनात्मक लाभका र पूरक भूमिका भएका वस्तु तथा सेवाको उत्पादन हुन नसक्नु
  • पेट्रोलियम पदार्थको मागमा भएको ज्यादा वृद्धि

व्यापार असन्तुलन घटाउनका लागि कि त उत्पादन वढाउनुपर्दछ  कि मागलाई घटाउनुपर्दछ । विप्रेषणको उत्पादक प्रयोग, वैकल्पिक उर्जालाई प्रोत्साहन गर्नुपनि आयात घटाउने उपाय हुन सक्छन् । आत्मनिर्भर अर्थतन्त्र नभएपनि परस्पर निर्भरताको अवस्था ल्याउन सके व्यापार घाटा घटेर जाने देखिन्छ ।

. सूचनाको हकसँग सुशासन र लोकतन्त्रको के कस्तो सम्वन्ध रहेको पाउनुहुन्छ ? संक्षिप्त विवेचना गर्नुहोस् ।

अन्य हक अधिकार र आदर्श अवस्थाको प्राप्तिसँग जोडिएको हुँदा सूचनाको हकलाई मौलिक हकको पनि मौलिक हक भन्ने गरिन्छ । लोकतन्त्रको प्राण र सुशासनको आधारस्तम्भका रुपमा पनि सूचनाको हकलाई लिने गरिन्छ । हाल नेपालको संविधान र सूचनाको हक सम्वन्धी कानुनले सूचनाको हकलाई प्रत्याभूति गर्ने आधार प्रदान गरेका छन् । तथापि सूचनाको हकलाई व्यवहारमा उतार्नका लागि राष्ट्रिय सूचना आयोग मात्र हैन सिंगो सरकार, सार्वजनिक निकाय तथा पदाधिकारीहरु, नागरिक र मेडियाका तर्फबाट आआफ्नो भूमिका निर्वाह गर्न जरुरी छ  ।

सूचनाको हकको प्रत्याभूतिबाट सुशासनमा पुग्ने सहयोग :

  • पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन
  • सहभागिता वढ्ने
  • परस्पर समझदारी वढ्ने
  • कानुनको पालना हुने
  • सेवाको जानकारी प्राप्त भै सेवा प्रवाहमा प्रभावकारिता वढ्ने

सूचनाको हक प्रत्याभूति हुँदा लोकतन्त्र सुदृढ हुन्छ किनकि :

  • जनमत वन्न सहयोग पुगी निर्वाचनको प्रभावकारिता वढ्दछ उपयुक्त प्रतिनिधिहरु चयन हुन्छन् ।
  • नागरिक शिक्षा र जागरणमा वृद्धि हुन्छ ।
  • आवस्यकताअनुसार गोपनियता कायम गर्ने र गोप्य रहनुपर्ने संवेदनशील विषय वाहेकका सवै सूचना प्रवाह गर्दा शासन व्यवस्थाप्रति नागरिकको विश्वास वढ्दछ ।
  • संसद तथा क्याविनेटका गतिविधिमा मेडियाको पहुँच पुग्दा जनता झन सुसुचित वनी जवाफदेहिता प्रवर्द्धन हुन्छ ।
  • अल्पमतको समेत सम्मान हुने अवस्थाको सृजना हुन्छ ।

सूचनाको व्यवस्थितरुपमा प्रवाह गर्ने, प्रयोग गर्ने संस्कारका साथै पारदर्शिताभन्दा गोप्यतामा रमाउने तथा आफ्नो कार्यप्रकृतिअनुसारका सूचना सार्वजनिक गर्ने कार्यमा आनकानी वा ढिलासुस्ती गर्ने पदाधिकारीलाई कार्यसम्पादन मूल्यांकनमा न्युन अंक दिई वृत्ति विकाससँग आवद्ध गर्न सकेमा सुधार हुने आशा गर्न सकिन्छ । सुशासन र लोकतन्त्रका लागि आधारभूत पूर्वशर्तका रुपमा सूचनाको अधिकार प्रत्याभूत हुनैपर्दछ ।

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ५ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ ।-www.prasashan.com

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस