समाजप्रति तेजिलो दृष्टिकोण ‘अकीर्ण आँखा’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समाजप्रति तेजिलो दृष्टिकोण ‘अकीर्ण आँखा’


८ माघ २०७३, शनिबार


झिसमिसे सन्ध्याकालिन प्रहर ७ः३० बजे बेलुका साउथ वेष्टर्न कलेजमा अध्यापनरत दाइ मेखराज जोशीले एक कविता सङग्रहल्याएर मेरो हातमा थमाउनु भयो । भन्नुभयो ‘भाइतिम्रो लागिल्याई दिएको ।’ यो कृति समात्ने वित्तिकै मलाई यसको नामले तान्यो अकीर्ण आँखा । जुननामले मलाई त्यस भित्रकाकविता पढ्ने हुट्हुटी बढायो ।

लेखक

अकीर्ण आँखायो एउटा भर्खरै नेपाली साहित्यिक बजारमा आएको कविता सङ्ग्रहहो । विकास मञ्च नेपालले गतशनिवार आयोजना गरेको एक समारोहकावीच नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गरेका थिए । सधैं शब्दसँग खेलीराख्ने कलमजीवी व्यक्तित्व त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’कविता सङ्ग्रहभित्र समाजका मसिना कुरा समेटिएको छ । समाजमा व्याप्त बेथिति बिसंगतिहरुलाई वाग्लेले कलात्मक ढंगबाट शब्दहारमा उनेका छन् । वाग्लेको यो कविता सङग्रह पहिलो कृतिहो । उनी पेशाले पत्रकार हुन् । वाग्ले गोरखापत्र दैनिकमा आवद्ध छन् । उसोत पत्रकारितालाई पनि हतारको साहित्य भनिन्छ । सधै हतारको साहित्यमा आफ्नो कलम कुदाइरहने वाग्लेले समाचार संकलनका क्रममा जे देखे तिनै कुराहरुलाई मानसपटलतको एउटा क्यानभासमा काव्यकृतिका लागि सुरक्षित रुपमा संग्रहित गरेर राखेका रहेछन् ।

सानैदेखि साहित्यमा रुचि राख्ने वाग्लेको निकै पहिलादेखि कविता सङग्रह प्रकाशन गर्ने सोच रहेछ । उनले यो कृतिको प्रकासनसँगै आफ्नो चाहनालाई पनिपुरा गरेका छन् । ६१ वटाकविता संग्रहीत ‘अकीर्ण आँखा’मा बढी सामाजिक विषयबस्तु समेटिएका कविता छन् ।उनले कतै कतै प्रेभभाव दर्शाएका कविता पनि समावे गरेका छन् । हामीले हिड्दा हिड्दै आँखै अगाडि देखेका घटनाहरुलाई बेवास्ता गरेर हिडेका हुन्छांै तर कविवाग्लेले ती घटनालाई केलाएको देखियो । उनकाकविता सरल रुपमा बगेका छन् भने बिम्वको पनिकविले राम्रै प्रयोग गर्न खोजेका छन् । एउटा कविले आफ्नो कवितालाई उत्कृष्ट बनाउन बिम्वमा निकै ध्यानदिनुपर्ने हुन्छ । जुन कुरामावाग्ले सचेत रहेको यो कविता सङग्रह पढ्दा भेटियो ।
वाग्लेको नवौं क्रान्तिशीर्षकको कविता

एउटा भारी ट्रक
सडकपेटीमा सजाइएका फूलका गमला फोड्दै हाँकिन्छ
लाग्छ, यतिखेर स्टेरिङ ड्राइभरको हातमा छैन
वा लाग्छ, यतिखेर स्टेरिङ सिकारु खलासीको हातमा छ

यो कवितामा कविले क्रान्तिले पार्ने प्रभावलाई यतिगहिरिएर लेखेका छन्की बास्तवमा उनको यो कविता पढ्दा देशको अहिलेको परिस्थितिमा घोत्लिनबाध्य बनाउँछ ।अहिले देशमा ट्रक गमलाफोडेर नै हुइँकिरहेको आभास गरिरहेका छन् जनताले । बास्तवमा नै खलासीहरुले अहिले स्टेरिङ चलाईरहेको आभास भइरहेको छ नेपाली कालागि। साना कलिला नानिहरुको मनसपटलमा एक हुलजुलुस निकालेकाहरुलाई देखेर रमाइलो मानिरहेको कुरा र छुपेरुस्तम रुपमा उनीहरुमा दिर्घकालमा पर्ने असरप्रतिको चिन्ता। आज त्यो आन्दोलन देखेर रमाइरहेका छोरा छोरीले भोली कस्तो सस्कार पाउलान । के सिक्लानभन्ने चिन्ता । उनकाथुप्रै कवितामा यसप्रकारको गाम्भीर्यता र ओजिलो पन पाउन सकिन्छ ।

यति हुदाहुदै पनि कतिपय ठाउँमा कवि शब्दको संरचना मिलाउने र भन्नखोजेको पिनप्वाइन्ट दर्साउन भने कतिपय ठाउँमा चुकेका पनि छन् । जस्तो उनको चौथो कविता बधुखानामा वीचको हरफमाः

चिकित्सा विज्ञानको प्रयोगशालामा
‘बतासे’ सन्तानको जन्मदिन
खै कहिले मनाउनु
नबोक्नु न जन्माउनु
सहरको १५ असार जस्तो !

यस हरफमा मान्छे अलमलिन सक्छ । चिकित्सा विज्ञानको कुरा आएको छ । फेरिअसार १५ भनेको छ । कविले कुनै कुरा परिकल्पना गर्नु भएको होला तर स्पष्ट भएन । यदि रोपाइँको कुरा गर्ने हो असार १५ को प्रसंगमा त्यो पनि त्यति नमिलेको जस्तो लाग्यो । त्यसैले शब्द चयनमा चाहीँ कवि केही ठाउँमा चुकेका छन् । जे होस् उनको यो कविता सङग्रबाट उनी अब्बल दर्जाको कवि भन्न सक्ने सम्भावना देखाएको छ । जसका लागि कविले यस क्षेत्रमा अझै अध्ययन गर्नुपर्ने देखिएको छ ।
कृति विमोचन कार्यक्रममा बोल्दै उपकुलपति बिष्णुविभु घिमिरेले कवि वाग्लेले लेखेका कविता सन्देश मूलक, सान्दर्भिक, कलात्मक र सरल भाषामा प्रस्तुत गरिएको बताएका थिए । उनले वाग्लेको कवितामा प्रशस्त सम्भावना रहेकाले निरन्तरताको शुभकामना दिएका थिए । त्यस्तै, गीतकार तथा समालोचक डा. कृष्णहरि बरालले सङग्रहमा आलोचनात्मक यथार्थवादी कविता समावेश भएको र ती कवितालाई कविले न्याय गरेको धारणा राखेका थिए । साहित्यकार अशेष मल्लले आख्यान सहितको कविताको संरचनाले पाठकको ध्यान केन्द्रितगर्ने बताका थिए । साहित्यकार तथा पत्रकार हरि अधिकारीले सङ्ग्रहले समसामयिक विषयवस्तु र नेपाली समाजलाई चित्रण गरेको बताएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले कविता रचनागर्ने आफ्नो पुर्खाको प्रवृत्तिलाई कवि त्रिभुवनचन्द्रले निरन्तरता दिएकामा हर्षाउनुभुति भएको बताएका थिए । उनले कविलाई निरन्तर काव्य साधनको लागि पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा पूर्वराजदूत डा.मोहन लोहनी, प्रा. डा. कुमार कोइराला, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ र मञ्चका अध्यक्ष शारदा पौडेलले साहित्य क्षेत्रमा निरन्तरताका लागि कवि वाग्लेलाई आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस