हिजो जस्तै सबैको प्यारो बनाउ
आउ ऐ बालापन तिमी फर्केर आउ
आहा, कति खेल्थ्यौं थरिथरिका खेल
अझै पनि साथीसँग त्यसै गरी खेलाउ
नत पाप नत संका कति कञ्चन मन
फेरी पनि मलाई त्यही उमेरमा लैजाउ
जन्मदाता टाढा हुने दिन नआवस
त्यसैले बुवा आमाकै काखमा रमाउ
उमेरसँगै दुःख पनि बढ्दै जादोरैछ
सुख चाहिदैन बरु दुःख नि नबढाउ