Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीको प्रमुख अभिभारा संविधान कार्यान्वयनमा सघाउनु नै हो


प्रशासन विशेष ब्युरो

३० मंसिर २०७३, बिहिबार


‘कर्मचारी र जनता ‘अर्थात ‘सेवा प्रदायक र सेवाग्राही ‘यी दुबै बिचको सम्बन्ध ‘नङ र मासु’को जस्तो हुनुपर्छ तर यतिबेला एक अर्काका दुश्मन जस्तै देखिन्छन् । एकले अर्को पक्षका दोष देखाएर आफु पानी माथिको ओभानो बन्ने जुन प्रवृति छ, यो राष्ट्रका लागि घातक सिद्ध हुँदै गएको देखिन्छ । यसबाट न त देश विकास हुन सक्छ न त जनता नै सन्तुष्ट रहन सक्छन् । किन यस्तो अवस्था आयो र यसमा कसको दोष कति रहेको छ ? यस्तो अवस्थालाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा प्रशासन डट कमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले एक राष्ट्र सेवक कर्मचारी कृष्ण प्रसाद सापकोटासँग गरेको कुराकानी :

कर्मचारी र सेवाग्राहीबीचको दुरी बढ्नुको मुल कारण के हो ?
नेपालको वर्तमान शासकीय प्रणालीमा देखिएको अस्थिरता, राजनीतिक तथा प्रशासनिक संक्रमणकालिन अवस्था, कमजोर शासकीय प्रणाली, स्वतन्त्रताका नाममा स्वच्छन्दता, नागरिकहरुमा कर्तव्यपरायण र जवाफदेहिताका कमी, केवल अधिकारको लागि वकालत, व्यक्तिवादी प्रवृति, उपभोत्तावादवाद संस्कृतिका कारण यस प्रकारका समस्याहरु आएका हुन् । समाजका सबै तह र तप्का यसमा जिम्मेवार छन् । जिम्मेवारीका घनत्व कम, बेसी हुन सक्छ । तर पनि कोही पनि अछुतो रहन सक्दैन् ।

यि नकारात्मक अवस्था सुधार गर्ने उपायहरु के हुन सक्छन् त ?
यसका लागि बिभिन्न उपाहरु छन्:

१. नागरिक समाजको भूमिका बढाउने र सकारत्मक दवाव सृजना गर्नेः जसरी डा. गोविन्द केसीको जीवन रक्षार्थ सम्पादकहरुले सामूहिक दवाव दिए, सोही अनुसार सबै राष्ट्रिय मिडियाहरु, थिंक ट्याङ्क, सामाजिक कार्यकर्ता, समाजका अगुवाबाट सकारात्मक परिवर्तन र राष्ट्र निर्माण र विद्यमान कमजोरीका सम्बन्धमा शसक्त आवाज उठाउने, नागरिक समाजको सक्रियता बढाउने, राष्ट्र निर्माणको अभियानको सुरुवात गर्ने, मौन भएर नबस्ने, पेट्रोलमा पच्चिस पैसाका दरले मूल्य वृद्धि हुँदा टायर बाल्ने विद्यार्थीहरु आफूले अध्ययन गरिरहेको त्रिभुवन विश्वविद्यालय पूर्णरुपमा धरासायी उन्मुख हुँदा किन मौन बस्ने ? सकारात्मक परिवर्तनका लागि आवाज उठाउने बानीको विकास गरौ ।

२. निजी क्षेत्रको भूमिकाः निजी क्षेत्र विकासको इन्जिन हो । उसले राज्यलाई कर तिरिरहेको छ । उसँग आर्थिक शक्तिका अतिरिक्त जोखिम लिन सक्ने क्षमता, उद्यमशीलता, व्यवसायिकता, सृजनशीलता छ । निर्णय प्रक्रिया छिटो हुुन्छ, ट्यालेन्टहरुको समूह पनि रहेको छ । वर्तमान सीमितता भित्र बसेर नै सृजनशील काम गर्ने सक्छ । उद्योग व्यापार, व्यवसायसँग सम्बन्धित सबै प्रकारका नेटवर्कहरुलाई परिचालन गर्ने, सामाजिक रुपान्तरणमा इनोभेसन गर्न सक्छ । सानो सानो समूह र सानो सानो परिवर्तनतर्फ केन्द्रित भएर रोलमोडल बनी सरकारलाई सकारात्मक दवाव दिन सकिन्छ । साथै उसको लगानीको मोडालिटीमा परिवर्तन आवश्यक छ । सरकारलाई मात्र दोष दिने तर आफू सुध्रिन तयार नहुने प्रवृतिको अन्त्य गरी सार्वजनिक निजी साझेदारीको अवधारणा लगायत अन्य नविनतम अवधारण अनुसार संयुक्त रुपमा अझै अगाडि बढ्नुपर्दछ ।

३. सरकारको भूमिकाः उच्च प्रशासकहरु वियोन्ड वक्सको अवधारण अनुसार सुधारका कामका अधिक सक्रियता देखाउने, आफूमा रहेको ज्ञान र अनुभवलाई कसरी अधिकतम प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा सोच बनाउने, नेपाल सरकारको सचिव वैठक लगायत उच्चस्तरका वैठकबाट भएका निर्णयहरुको कार्यान्वयनमा लैजाने र उच्चस्तरको राजनैतिक तथा प्रशासनिक प्रतिवद्धता सहित क्यारोट एण्ड स्टीकको नीति अंगिकार गर्न सके यसको समाधान तुरुन्त निस्कन्छ ।

४. क्षमता अभिवृद्धि गर्नेः निजामती सेवाको क्षमता नै राज्यको क्षमता भएको हुँदा क्षमता अभिवृद्धितर्फ आवश्यक लगानी बढाउनु पर्ने देखिन्छ ।

उल्लेखित पक्षहरुमा सबैको ईमान्दारितापूर्ण ध्यान पुुग्यो भने धेरै समस्या आफै समाधान भएर जान्छन् ।

कर्मचारीका अलावा सेवाग्राहीका राम्रा पक्ष चाहिँ छँदै छैनन् की क्या हो ?
सेवाग्राहीका पनि राम्रा पक्ष धेरै छन् ।
क) धैर्यताः सेवा प्रवाहमा देखिएका कठिनाइहरुका बाबजुत पनि सेवाग्राहीहरु धैर्यताका साथ सेवा प्राप्तिका लागि प्रतिक्षारत रहेका हुन्छन्, जुन एकदमै राम्रो हो । सेवा प्रदायक निकायहरु टाढा हुँदा पनि लाग्ने समय, खर्चको वास्ता नगरी राज्यले खटाएको ठाउँबाट सेवा लिइरहेको छ ।

ख) सहनशीलताः सेवाग्राहीमा अध्यधिक सहनशील भावना रहेको छ । उदाहरणको लागिः २०७२ को भूकम्प र त्यस यताका विभिन्न आरोह अवरोहमा सहनशील तवरले राज्यको प्रतिक्षामा रहेकाछन् । पारवाहन अवरोध, सार्वजनिक यातायातको विद्यमान अवस्था लगायतका धेरै ठाउँमा सेवाग्राहीले सहनशीलता प्रदर्शन गरेका छन् जसले राज्यका निकायलाई नै सोच्न बाध्य बनाएको छ ।

ग) जनसहभागिताः विकास निर्माणमा आर्थिक, सामाजिक, राजनैतिक एवं प्रशासनिक सहभागिता जनाई स्थानीय निर्माणलाई गुणस्तरीय बनाएका छन् । राज्यले लिएको नीतिलाई तदारुपकताका लागि सहभागिता जनाईरहेका छन् । जस्तैः नगरपालिकास्तरमा संचालन हुने लागत सहभागितामा आधारित पूर्वाधार निर्माणमा उत्साहपूर्वक सहभागिता रहेको छ । खुला दिशामुक्त स्थानीय निकाय घोषणा अभियानको सक्रिय सहभागिता रहेको छ ।

घ) कडा वाचडगः सरकार, निजी क्षेत्र तथा सामाजिक क्षेत्रबाट भए गरिएका कामहरुको स्वतन्त्र मूल्याँकन गर्ने, पृष्ठपोषण दिने, डेलिगेशन जाने, स्थानीय रुपमा सकारात्मक दवाव सृजना गर्ने, प्राप्त सेवाका बारेमा पृष्ठपोषण दिने, सेवा प्रदायक संस्थालाई सकारात्मक दवाव दिई गुणस्तरीयता काम गराउने काममा उनीहरुको सकारात्मक भूमिका रहेको छ ।

सेवाग्राहीका तर्फबाट सुधार्नुपर्ने पक्ष पनि केही बताईदिनुहोस न ।
१. समउत्तरदायित्वको विकास गर्नुपर्ने: राष्ट्र निर्माण, आर्थिक सामाजिक परिवर्तन, विकास व्यवस्थापन, सकारात्मक परिवर्तन जस्ता कामहरुमा सबैको सहकार्य आवश्यक हुन्छ । सार्वजनिक उत्तरदायित्वका कामहरुमा केवल सरकारलाई मात्र दोष दिने र आफू उत्तरदायित्वबाट पन्छिने प्रवृतिलाई त्यागी सहकार्य, समभाव, सामूहिक उत्तरदायित्व लिने बानीको विकास गर्नुपर्दछ ।

सरकारलाई सहयोग गर्नुपर्ने, सकारात्मक परिवर्तनको पहल गर्नुपर्ने खाँचो छ । नकारात्मकता, गुनासो मात्र गरिरहेन प्रवृति त्यागी सकारात्मक वातावरणको सृजनाका लागि पहल गर्नुपर्ने आवश्यकता छ। आफ्नो उत्तरदायित्व निर्वाह गर्ने, परिवर्तनको सुरुवात आफूबाट गर्ने, आफूले गरेको काम सबै ठीक अरुले गरेको काम बेठीक भन्ने प्रवृतिको अन्त्य गर्ने बेला भैसकेको छ ।

२. पूर्व जानकारी र पूर्व तयारी गर्ने बानी बसालौं: कुनै पनि कार्य सम्पादन गर्दा के चाहिन्छ त्यो बिषयमा सेवाग्राहीमा चेतनाको कमी देखिन्छ । विषयवस्तुलाई गम्भिरताका साथ हेरेर के-के कागजपत्र चाहिन्छ ? त्यसका लागि कुन अधिकारीलाई भेट्ने ? कति समय लाग्छ जस्ता विषयहरुको पूर्व जानकारी लिनु पर्दछ । आफूले लिने सेवासँग सम्बन्धित डकुमेन्टहरु चुस्तदुरुस्त राख्ने, सेवा लिँदा सबै अंग पु¥याएर फाईल पेश गर्ने बानी विकास गर्न आवश्यक छ । ।

३. संस्कारगत मान्यतामा क्रमभंग गरौंः आफ्नो छोरा अधिकृत छ भने छिटो धन कमाएस् भनेर आशिर्वाद दिने भनौं न घुमाउरो तवरले नकारात्मक पक्षलाई स्वीकार गरी अप्रत्यक्ष प्रश्रय दिने र अर्कोतर्फ सरकारी अड्डामा सेवा लिन जाँदा घुस खाए भनेर सरकारलाई गाली गर्ने दोहोरो मापदण्ड त्याग्नु पर्ने बानीमा पनि अब सेवाग्राहीले संस्कारगत मान्यतामा क्रमभंग गर्न आवश्यक छ ।

आखिर यत्रो राज्य चलाउने ‘कर्मचारी’का राम्रा पक्ष हुँदै नभएका हुन् त ?
बिल्कुल होईन । योग्यतामूलक निजामती सेवाको अवधारणा अन्तर्गत सेवा प्रवेश गरेका कारण सेवा प्रवेशका सन्दर्भमा केहि तोकिएका गुणहरु रहेकाछन् । जसले गर्दा योग्यतामूलक कर्मचारीतन्त्रको प्रतिनिधित्व गरेको पाइन्छ । यो राम्रो पक्ष हो ।

  • न्यून वेतनमा पनि काम गर्न तत्पर रहनुः निजामती कर्मचारी वेतनभोगी श्रमजीवी वर्ग हुन् । मासिक तलब नै उनीहरुको जीवन निर्वाहको बाटो हो । दक्षिण एसियामा सबैभन्दा न्यून तलब स्केल भएको हाम्रो निजामती सेवा हो । यो अवस्थामा पनि कार्यक्षेत्रमा खटिनु उसको राम्रो पक्ष हो ।
  • आज्ञाकारीः नेपालको निजामती सेवा राजनीतिक तथा उच्चपदस्थ कर्मचारीले लगाएको तथा प्रचलित कानून अनुसार सम्पादन गर्नुपर्ने कामहरु वफादारिका साथ सम्पादन गर्दछ ।
  • राष्ट्र, राष्ट्रियता, लोकतन्त्रप्रति प्रतिवद्वः नेपालको निजामती सेवा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको छ । आफ्नो क्षमताले भ्यासम्म लोकतान्त्रिक मूल्य र मान्यताको वितरण गर्नका लागि क्रियाशील रहेको पाइन्छ ।
  •  सेवाग्राहीको समस्याप्रति संवेदनशीलः नेपालको निजामती सेवा क्रमशः अधिकृतमूलक हुँदै गएको हुँदा सेवाग्राहीका समस्याहरुलाई सकेसम्म सम्वोधन गर्नुपर्दछ भन्ने भावनाका साथ क्रियाशील रहेको पाइन्छ । पछिल्लो समयमा लोकसेवा आयोगको पाठ्यक्रममा पनि सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको साथै बजारका नयाँ प्रतिभाहरु भित्र्याउनको लागि कोशिश गरिहेको हुँदा समस्यामुखी नभै समाधानमुखी प्रणालीको विकास हुँदैछ कि भन्ने संकेत गरेको छ ।

समग्रमाअब कर्मचारीका तर्फबाट सुधार गरिनुपर्ने पक्षहरु के हुन् त ?
कर्मचारीले आफ्ना सहकर्मीहरुलाई दलगत आवद्धताको आधार खोज्दै दलीय राजनीतिको व्यवहार गर्ने, संगठनमा दलीय राजनीतिलाई प्रश्रय दिने, राष्ट्रसेवक भैसकेपछि व्यवसायिक हुनपर्नेमा दलीय आवद्धता खोज्ने परिपाटी राम्रो संकेत होइन ।

परिवर्तनका लागि संस्थागत अवरोधको सृजनाः सकारात्मक परिवर्तन र सृजनशील कामलाई उत्सुकताका साथ सम्पन्न गर्नुपर्नेमा आफूलाई मन नपरेको विषयमा अदृश्य रुपमा व्यवाधान खडा गर्ने प्रवृतिले गर्दा सुधारका कामहरु प्रभावकारी हुन सकेका छैनन् ।

नकारात्मक कार्यशैली त्यागः सुधारलाई संस्थागत गर्न, संगठनात्मक समृिद्ध हासिल गर्न, तोकिएको लक्ष्य हासिल गर्नको लागि सकारात्मक सोच, व्यवहार, कार्यशैलीको आवश्यकता पर्दछ । सेवा प्रवाह, विकास निर्माण लगायतका क्षेत्रमा देखिएका समस्याहरुलाई सकारात्मक कार्यशैली अवलम्वन गरी समाधान गर्न सकिन्छ । तर शंका, असहयोग, अवसरवादी र नकारात्मक चरित्रले गर्दा संगठनमा ढुक्कले काम गर्न सक्ने वातावरण छैन् । संगठनमा ईगोईजमले प्रभुत्व बढाएको छ । साथै व्यक्तिवादी सोंचशैली मौलाएको छ । “म”लाई केन्द्रबिन्दूमा राखेर काम भैरहेका हुन्छन् । प्रणाली बनाउने, प्रणाली बसाउने भन्दा प्रणालीलाई वाईपास गर्ने र प्रणालीलाई क्रयाक गर्ने चलन बढी रहेको छ ।

प्रो एक्टिभ हुनु पर्नेमा रि–एक्टिभः संगठनसँग सम्बन्धित कामका सन्दर्भमा पूर्व सक्रिय भएर काम गर्नुपर्नेमा अरुले लगाए अ¥हाएपछि मात्र काममा सहभागी हुने प्रणालीको अवलम्बन । राज्यले तोकेको समयमा आफै सक्रिय भएर काम खोजेर गर्नुपर्नेमा काम लगाएपछि मात्र काम गर्ने बानी ।

शासकको चरित्र: कर्मचारीतन्त्र जनताको सेवक राजनीतिज्ञको सहयोगी हुनुपर्नेमा जनताका कामका सन्दर्भमा सेवक हुनुपर्नेमा शासकको भूमिका निर्वाह गर्न उद्धत हुनु ।

निश्कर्षमा हामी के आशा गर्न सक्छौं त ?
निजामती कर्मचारीको वर्तमान प्रमुख अभिभारा संविधानको प्रभावकारी कार्यान्वयनमा सघाउनु नै हो । त्यसका अतिरिक्त जनताको अपेक्षाको व्यवस्थापनका पनि प्रभावकारी भूमिका निर्वाह गनुपर्ने देखिएको छ । निजामती सेवाले राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरी “लिडर अफ होप” को कार्यभार समेत समाल्नु पर्ने देखिएको छ । जनतामा छाएको नैशास्यतालाई आशामा रुपान्तरण लागि चेन्ज एजेन्टको भूमिकाका लागि समेत तयार हुनुपर्ने हुन्छ ।

कृष्ण प्रसाद सापकोटा, नेपाल सरकारका उप सचिव हुन्

लेखकबाट थप

सवाल – सुशासनको

जनताको काम नगर्ने कर्मचारी अपवाद बाहेक टिक्नै सक्दैनन्

प्रतिक्रिया दिनुहोस