गजल « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

गजल


१८ मंसिर २०७३, शनिबार


आँफै खाउँ आँफै लाउँ दाउ नेपालीको
क्वैलै निको नहुने त्यो घाउ नेपालीको ।
हुन्छ गर्छु भन्दाभन्दै छोड्छ समयले
पराइले तोकिदिन्छ भाऊ नेपालीको ।

विश्वास गर्न सकिदैन यहाँ कसैलाई
इसारामा चल्ने गर्छ पाऊ नेपालीको ।
फाट्दैछ इतिहाँस वीर अनि विरताको
डर लाग्छ मेटिन्छकी नाउ नेपालीको ।
धेरै–धेरै चोट खायो आफ्नैहरुबाट
विरहमा बाँच्न विवश गाउ नेपालीको ।

प्रतिक्रिया दिनुहोस