समस्या आपसी संवादबाट समाधान हुन्छः देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समस्या आपसी संवादबाट समाधान हुन्छः देउवा


प्रशासन विशेष ब्युरो

२८ मंसिर २०७३, मंगलबार


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राई लिम्बू समुदायको महान् पर्व उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई लिम्बू समुदायमा व्यक्तिगत र काँग्रेस पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“राई, लिम्बू समुदायले मनाउने उभौली पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने व्यक्त गर्दै उहाँले हाल मुलुकमा देखिएका समस्या आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस