काठमाडौंका विभिन्न स्थानमा बम फेला, दुई पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौंका विभिन्न स्थानमा बम फेला, दुई पक्राउ


२९ श्रावण २०७५, मंगलबार


पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बम फेला पर्नुका साथै दुईजना पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दमा आज नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको र बम लिएर हिँडेका दुई जनालाई जमलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइको छ ।

पक्राउ पर्नेमा उषाकिरण र तारा सञ्जेल छन् ।

यसअघि बिहान भक्तपुरका विभिन्न स्थानमा पनि बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस