अवैध सुनको बालासहित तीनजना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अवैध सुनको बालासहित तीनजना पक्राउ


५ बैशाख २०७५, बुधबार


काठमाडौं । अवैध सुनको बालासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं ठहिटीका ३६ वर्षीय रत्नलाल श्रेष्ठ, उदयपुर त्रियुगाका २२ वर्षीय लिलाकुमारी श्रेष्ठ र सिराहा लाहानमा २० वर्षीय इन्द्र सदे रहेका छन् ।

बैदेशिक रोजगारीको शिलशिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले रतनलालबाट ५०/५० ग्रामको ३ ओटा चुरा, लिलाबाट ५० ग्रामको एक चुरा र इन्द्रको साथबाट ५० ग्रामको चुरा बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन पुल्चोक ललितपुरमा पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस