नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक : कर्ण थापा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक : कर्ण थापा


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि बझाङ १ मा पार्टीको उम्मेदवार दमन भण्डारीलाई जिताउन एमालेले आह्वान गरेको छ ।

आज कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै एमालेका नेताहरूले निर्वाचन जिताउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई सामूहिक आह्वान गरेका हुन् ।

प्रदेश सभा ‘क’ को उपनिर्वाचन विशेष भेला तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमकाका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्ण थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताए ।

उनले नयाँ वर्षमा नयाँ कामको सुरुवात गर्नु पर्ने भन्दै आगामी वर्षको सुरुवात बझाङमा एमाले विजयी भएको खबरबाट हुनुपर्ने बताए । बझाङमा एमाले विजयी हुँदा सुदूरपश्चिम प्रदेश सरकार सजिलै बन्ने र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार हुने उनको भनाइ थियो ।

बझाङ र इलामको निर्वाचनले ०८४ को सङ्केत गर्ने हुँदा दुवै ठाउँमा एमालेका उम्मेदवारलाई विजयी बनाएर मिसन ०८४ सङ्केत गर्न समेत उनले आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस