काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् ।
लामो समयसम्म धितोपत्र बोर्ड जस्तो नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै मन्त्री पुनले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सचिव पुष्करलाई निर्देशन दिएका हुन् ।
मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्य सम्पादन गर्न थालेकामा चिन्ता समेत जनाएका छन् ।