काँग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय नियुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काँग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय नियुक्त


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ।

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ।

रोकाय कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। प्रमुख सचेतक रमेशजंग रायमाझीले राष्ट्रिय सभा सदस्यको ६ बर्से कार्यकाल पुरा गरेपछि उक्त पद रिक्त थियो।

पाटी सभापति शेरबहादुर देउवाले रोकायलाई उक्त रिक्त स्थानमा सोमबार नियुक्त गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस