प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेतृत्वमा पाँच क्याबिनेट समिति बनाउने निर्णय « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेतृत्वमा पाँच क्याबिनेट समिति बनाउने निर्णय


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले पाँच वटा मन्त्रिपरिषद्का समिति बनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच वटा मन्त्रिपरिषद्को समिति बनाएको हो ।

एक मन्त्रीका अनुसार राजनीतिक समितिको समन्वय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने आर्थिक तथा पूर्वाधार समितिको समन्वय उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गर्ने निर्णय भएको छ।

विधेयक समिति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रशासन समिति उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समन्वय गर्ने निर्णय भएको छ।

त्यस्तै सामाजिक समितिमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस