काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।
आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले सरकारी निकायलाई सो निर्देशन दिएका हुन् ।
सम्बन्धित समाचार : प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाले दियो सार्वजनिक बिदा