स्ववियुले लगायो परीक्षा नियन्त्रकको गाडी पार्किङस्थलमा ताला « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

स्ववियुले लगायो परीक्षा नियन्त्रकको गाडी पार्किङस्थलमा ताला


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुले) विभिन्न माग राख्दै परीक्षा नियन्त्रण कार्यालयको गाडी पार्किङस्थलमा ताला लगाएको छ । स्ववियुले परीक्षा नियन्त्रकको गाडीको चाबी माग्दा नदिइएपछि ताला लगाएको जनाएको छ ।

विद्यार्थीका मागहरू कार्यान्वयन नहुँदासम्म ताला नखोल्ने उनीहरूको अडान छ । स्ववियुले लिखित मागहरू बुझाएको तर स्ववियुको माग पूरा गर्न त्रिवि इच्छुक नदेखिएकाले आन्दोलनको स्वरूप परिवर्तन गर्दै त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको नाममा प्रयोग हुँदै आइरहेका सवारी साधनहरू चलाउन नदिने स्ववियुले जनाएको छ।

स्ववियुले दश बुँदे माग राख्दै बुधबारदेखि आन्दोलन सुरु गरेको छ । स्ववियुले विज्ञप्ति जारी गर्दै त्रिवि, परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अभ्यास मार्फत निर्णायक आन्दोलन सुरु गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस