काठमाडौँ । जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । २ वटाले सिमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् । साधारण बचतमा बैंकहरुको ब्याजदर औसतमा ०.०९६ प्रतिशतले घटेको छ । जेठका लागि ९ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने एउटाले बढाएको र १० वटाले स्थिर राखेका छन् ।
यो सँगै जेठमा वाणिज्य बैंकहरुको एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.९११ प्रतिशत र साधारण निक्षेपको ५.४९१ कायम भएको छ । वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ७.०९६ र साधारणको ५.६९१ प्रतिशत थियो ।